सिनेमा

पल शाह प्रकरण : तनहुँ अदालतमा बहस सुरु

इकागज |
चैत ८, २०७८ मंगलबार १४:२५ बजे

तनहुँ-  नाबालिग गायिकालाई ललाइफकाई बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहविरुद्धकाे मुद्दामा बहस सुरु भएकाे छ। जिल्ला अदालत तनहुँमा उनीविरुद्दकाे मुद्दामा बहस सुरु भएकाे हाे।

अदालतकी अधिकृत लक्ष्मी रिमाल पराजुलीकाअनुसार अहिले दुवैपक्षका वकिलबीच बहस भइरहेकाे छ । प्रहरीले मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।


तनहुँ जिल्ला न्यायधिवक्ता रामचन्द्र शर्माकाे इजलासमा बहस सुरु भएकाे हाे । सोमबार मात्र प्रहरीले अनुसन्धान सरकारी वकिल कार्यालयमा पेश गरेको थियो । उनीमाथि अनुसन्धान सकिएकाले रायसहित मिसिल वकिल कार्यालय पुर्याइएको हो ।

बलात्कारको उजुरी परेको केही दिनपछि आफैँ तनहुँ प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका शाहलाई प्रहरीले दुई चोटि म्याद थपेर अनुसन्धान गरेको थियो ।

शाहमाथि विभिन्न प्रलोभनमा पारेर नाबालिगलाई बलात्कार गरेको उजुरी उनीमाथि छ । पीडित नाबालिगको तर्फबाट उनका बाबुले तनहुँ प्रहरीमा उजुरी दिएका थिए । नवलपरासीमा यसअघि नै उनीविरुद्ध मुद्दा दर्ता भइसकेको छ ।


Author

थप समाचार
x