सिनेमा

भदौ ३१ मा तीन नेपाली फिल्मको भिडन्त

इकागज |
चैत १३, २०७८ आइतबार १६:८ बजे

काठमाडौँ - दुई वर्षदेखि थुप्रिएर बसेका फिल्म हलमा आउन तम्तयार छन् । तर महामारीले हल बन्द हुँदा जम्मा भएर बसेका फिल्मलाई आफूले खोजेको समयमा प्रदर्शन मिति पाउन कठिन छ ।

अझ यसमा पनि बिदाको समय खोज्ने हो भने विदेशीबाहेक पनि नेपाली निर्माताहरूले आफ्नै साथीभाइका फिल्मसँग जुध्नपर्ने भएको छ । यसमा तारोमा परेको छ, भदौ महिना । भदौमा प्रदर्शन हुने फिल्मले धमाधम प्रदर्शन मिति बुक गरिरहेका छन् । तर यो गर्ने क्रममा एउटा एउटा मात्र होइन ,तीन तीन वटा फिल्म जुध्न थालेका छन् । 


अहिले घोषणा गरेको मितिबाट दायाँबायाँ नहुने हो भने भदौ ३१ मा ‘बाबरी’, ‘लाखे’ र ‘झिँगे दाऊ’ प्रदर्शन हुनेछन् । ‘बाबरी’ र ‘लाखे’ ले प्रदर्शन मिति तोकेकै समयमा ‘झिँगे दाऊ’ आएको हो । 

‘बाबरी’मा धिरज मगर र अदिती बुढाथोकीको जोडी रहेको छ भने ‘लाखे’लाई निर्माताले मल्टिस्टारर महंगो बजेटको फिल्मको रुपमा चर्चा गर्ने गरेका छन् । सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी आदि कलाकारको अभिनय रहेको फिल्मले सुटिङ नसक्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाऊ’मा भने आँचल शर्मा र केकी अधिकारीको मुख्य भूमिका रहेको छ । विगतका दिनमा यसरी तीन तीन फिल्म जुध्दा तीनवटै फिल्म नचल्ने गरेका उदाहरण छन् । 


Author

थप समाचार
x