अस्करमा ‘ड्युन’को छक्का, विल स्मिथ र जेसिका अभिनयमा उत्कृष्ट
लसएन्जल्स - नेपाली समयअनुसार सोमबार बिहान बाँडिएको अस्करको ९४ औँ संस्करणमा डेनिस भिलनभ निर्देशित ‘ड्युन’ले सर्वाधिक ६ विधामा अवार्ड जितेको छ । लसएन्जल्सको हलिउडस्थित डल्बी थिएटरमा बाँडिएको अवार्डमा फिल्मले छायांकन, सम्पादन, पाश्र्व संगीत, भिज्युवल इफेक्सट्स, प्रडक्सन डिजाइन र ध्वनि गरी ६ विधामा अवार्ड जितेको हो ।
अवार्ड समारोहमा विल स्मिथ चर्चाको विषय बने । सबैभन्दा पहिले त विलले कमेडियन होस्ट क्रिस रकलाई थप्पड हानेको विषयले अस्कर तातियो । आफ्नी श्रीमती जेड स्मिथको शारीरिक अवस्थालाई लिएर टिप्पणी गरेको देखेपछि विलले स्टेजमै गएर हानेको दृश्य हाइलाइट रह्यो । यति मात्र होइन यसअघि दुई पटक उत्कृष्ट अभिनेताको मनोनयनमा चित्र बुझाएका उनले पहिलो पल्ट उत्कृष्ट अभिनेताको अवार्ड जिते । टेनिस खेलाडी विलियम्स दिदी बहिनीको पिताको भूमिका निर्वाह गरेका उनले ‘किंग रिचर्ड’बाट यो उपलब्धि हासिल गरेका थिए ।
अभिनेत्री तर्फको अवार्ड भने जेसिका चास्टइनले ‘दि आइज अफ टेमी फेई’ जितिन् । उत्कृष्ट फिल्मको अवार्ड अपत्यारिलो गरी ‘कोडा’ले जित्यो । एप्पलले निर्माण गरेको यो फिल्मलाई धेरैले राम्रो माने पनि अस्करकै दाबेदारको रुपमा भने लिएका थिएनन् । यो फिल्मले बोल्न नसक्ने बुबा आमा र छोरीको सम्बन्धको कथा पेस गर्छ ।
‘दि पावर अफ डग’ सर्वाधिक १२ विधामा मनोनयनमा परेको थियो । तर यो फिल्मले निर्देशनमा मात्र अवार्ड जित्यो । यो जितसँगै निर्देशनमा जेनी क्याम्पियन अस्कर अवार्ड जित्ने तेस्रो निर्देशक भनिन् ।
अन्तर्राष्ट्रिय फिचर फिल्म विधातर्फ जापानिज फिल्म ‘ड्राइभ माई कार’ उत्कृष्ठ ठहरियो । यो विधामा भुटानको ‘लुनाना ः याक इन अ क्लासरुम’ पनि दाबेदार मानिएको थियो । हारुकी मुराकामीको कथामा आधारित यो फिल्मले अस्करअघि थुप्रै अवार्ड जितिसकेको थियो ।
हेर्नुस् पूरा लिस्ट :
फिल्म : कोडा
निर्देशक : जेनी क्याम्पियन (द पावर अफ द डग)
अभिनेत्री : जेसिका चेस्टेइन (द आइज अफ ट्यामी फेइ)
अभिनेता : विल स्मिथ (किङ रिचर्ड)
सहअभिनेत्री : एरियाना डिबोस (द वेस्ट साइड स्टोरी)
सहअभिनेता : ट्रोइ कोत्सर (कोडा)
कस्ट्युम डिजाइन : क्रुएला (जेन्नी विभान)
ध्वनि : ड्युन
ओरजिनल स्कोर : ड्युन (हान्स जिमर)
एडप्टेड स्क्रिननप्ले : सायन हेडेर (कोडा)
ओरजिनल स्क्रिनप्ले : केनेथ ब्रानग (बेलफास्ट)
एनिमेटेड सर्ट : द वाइन्डसिड वाइपर
लाइभ एक्सन सर्ट : द लङ गुडबाइ
सम्पादन : ड्युन (जोए वाकर)
मेकअप एन्ड हेयरस्टाइलिङ : द आइज अफ ट्याम्मी फे
एनिमेटेड फिचर : एनकान्टो
डकुमेन्ट्री फिचर : समर अफ सउल
डकुमेन्ट्री सर्ट : द क्वीन अफ बास्केटबल
ओरजिनल सङ : नो टाइम टु डाइ (बिल्ली एलिस र फिनेस ओ कनेल)
छायांकन : ड्युन (ग्रेड फेइजर)
अन्तर्राष्ट्रिय फिचर : ड्राइभ माइ कार (जापान)
प्रोडक्सन डिजाइन : ड्युन
भिजुअल इफेक्ट : ड्युन
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया