निफमा ‘महानगर’को ह्याट्रिक, ‘चिसो एस्ट्रे’लाई दुई अवार्ड
अभिनेता विपिन कार्कीबाट उत्कृष्ट अभिनेताको पुरस्कार ग्रहण गर्दै दिव्य देव
काठमाडौँ -सोमबार सम्पन्न नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा मोहन राई निर्देशित फिल्म ‘महानगर’ले ह्याट्रिक गरेको छ । महानगरमा संयोगले भेटिएका दुई युवाको एक रातको कथा प्रस्तुत गर्ने फिल्मबाट निर्देशक मोहन राईले लेखन र निर्देशन विधाका दुई अवार्ड थापे भने फिल्मबाट मेनुका प्रधानले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । नेसनल फिचर विधातर्फ प्रतिस्पर्धी रहेको फिल्मले उत्कृष्ट फिल्मको पनि पुरस्कार हात पार्यो ।
फिचर फिल्मतर्फकै विधामा ‘चिसो एस्ट्रे’ले दुई विधामा पुरस्कार जित्यो । दिन्स पाल्पालीले निर्देशन गरेको फिल्मबाट दिव्य देवले अभिनेतामा र उज्जवल बस्ताकोटीले छायांकनमा पुरस्कार थापे । देशी विदेशी गरी विभिन्न १४ विधामा बाँडिएको महोत्सवमा डन किहोटे अवार्ड ‘साइलेन्स ट्री’ले पायो । फैजल सयसलको निर्देशनमा बनेको फिल्मलाई जुरीमध्येका एक मञ्जुकुमार श्रेष्ठले विजेता घोषणा गरेका थिए ।
नेसनल पानोरमअन्तर्गत सर्ट फिल्म तर्फको उत्कृष्ट निर्देशकको अवार्ड बच्चन व्यञ्जनकारले जिते भने फिल्मतर्फको अवार्ड ‘आइसक्रिम’ले जित्यो । संगीता श्रेष्ठ निर्देशित फिल्मले यौन हिँसाको विषयलाई प्रस्तुत गरेको छ ।
कार्यक्रममाउत्कृष्ट अन्तर्राष्ट्रिय सर्ट फिल्मलाई दिइने बागमती अवार्ड भने ‘अल सिट’ले पाएको छ । त्यस्तै, मन्जुश्री अवार्डअन्तर्गतको उत्कृष्ट एनिमेडेट फिल्म अवार्ड साइमन फिलियोन, उत्कृष्ट डकुमेन्ट्रीको एके शेर्पा अवार्ड ‘गोर्खा गल्सर्’का लागि विशाल रोका मगर र माउन्ट एभरेस्ट अवार्ड ‘आउट अफ थिन एयर’ले पाएको छ ।
त्यस्तै, उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मलाई दिइने गौतमबुद्ध अवार्ड ‘नो ग्राउन्ड बिनिथ द फिट’ ले पाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया