सिनेमा

साम्राज्ञीले खेल्ने भइन् ‘लन्डन टु पेरिस’ , बेलायत र पेरिसमा सुटिङ

इकागज |
चैत २२, २०७८ मंगलबार १७:९ बजे

काठमाडौँ - एबी इन्टरनेसनलले निर्माण गर्न लागेको फिल्म ‘लन्डन टु पेरिस’मा साम्राज्ञीराज्य लक्ष्मी शाह अनुबन्धित भएकी छिन् । निर्माण टिमले बेलायत र फ्रान्समा सुटिंग हुने फिल्मका लागि साम्राज्ञीलाई अनुबन्ध गरेको हो । 

एबी इन्टरनेसनलले विदेशमा एक साथ दुई फिल्मको सुटिंग गर्दैछ । त्योमध्ये एउटा फिल्ममा अनमोल केसी र सारा सिरपाइलीको जोडी रहनेछ । यही निर्माताको समूहले अर्को फिल्म बनाउन लागेको हो जसमा साम्राज्ञी खेल्ने तय भएको हो । यो फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गर्दैछन् । फिल्मको सुटिंग यही असारबाट सुरु गर्ने निर्माताको तयारी छ । 


एबी इन्टरनेसनलले विदेशी फिल्मको वितरणको काम पनि गरिरहेको छ । यही समूहले अक्षयकुमारको ‘बच्चन पाण्डे’ वितरण गरेको थियो ।  फिल्मलाई अमित बस्नेत,अजित थापा, परी राना, अंकित गौगम, सनिश खकुरेल र अजित सिंह मिलेर निर्माण गर्नेछन् । यही समूहले बनाएको ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको पर्खाइमा छ । पूजा शर्मा, आकाश श्रेष्ठको अभिनय रहेको यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । 


Author

थप समाचार
x