सिनेमा

अभिनेता गजित बिष्टलाई विराटनगर महानगरपालिकाको सम्मान

इकागज |
चैत २५, २०७८ शुक्रबार १५:५८ बजे

काठमाडौँ - अभिनेता तथा निर्माता गजित बिष्टलाई विराटनगर महानगर पालिकाले सम्मान गरेको छ । विराटनगरले महानगरपालिकाको सांस्कृतिक सल्लाहकारको रुपमा रही गरेको गरेको योगदानका लागि सम्मान गरेको हो । महानगरले सल्लाहकारसँगै  नेपाली चलचित्र, गीत संगीतको श्रीवृद्धिमा खेलको भूमिकाको मूल्याङकन गर्दै उनलाई सम्मान दिइएको हो ।

विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुलीले आफ्नो कार्यकक्षमा आयोजित एक समारोहका बीच बिष्टलाई खादा, फूलमालासहित सम्मानपत्र प्रदान गरे । विष्ट लामो समयदेखि चलचित्र निर्माण, अभिनय र मोडलिङमा क्रियाशील रहँदै आएका छन् ।


‘मायाज बार’ शीर्षकको फिल्मबाट अभिनयमा प्रवेश गरेका बिष्टले ‘लभ यु बाबा’ ‘हैरान’ आदि फिल्म निर्माण गरेका छन् । भर्खरै डान्स च्याम्पियनको निर्देशन गरेका बिष्टले चाँडै नयाँ फिल्म निर्माणको काम अगाडि बढाउने जानकारी गराएका छन् । 

गजितले विराटनगरबाटै कलाकारिता सुरु गरेका हुन् । कोरियोग्राफर र मार्सल आर्ट खेलाडीको रुपमा करिअर सुरु गरेका गजितले मैतिदेवीमा ‘डान्स फिभर’ नामको नृत्य स्कुल पनि चलाउने गरेका छन् । 


Author

थप समाचार
x