‘डी सिने अवार्ड’मा ‘मारुनी’को डबल ह्याट्रिक, पुष्प र केकी अभिनयमा उत्कृष्ट
काठमाडौँ - शनिबार धुलिखेलमा आयोजना भएको ‘१२ औं डी सिने अवार्ड’मा नेपाली फिल्म ‘मारुनी’ले ६ विधामा अवार्ड जितेको छ । अवार्ड समारोहमा ‘छ माया छपक्कै’ फिल्मले ८ विधा र ‘साङ्लो’ले ६ विधामा अवार्ड जितेका थिए ।
२ वर्ष अगाडि रिलिज भएका फिल्मलाई समावेश गरेर आयोजना गरिएको अवार्डमा उत्कृष्ट फिल्मको अवार्ड ‘मारुनी’ले प्राप्त गर्यो । पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मबाट निर्देशक नवल नेपाल, नायक पुष्प खड्का, छायांकार संजय लामा, गायक कृष्ण काफ्ले, कथा लेखक गोविन्द फुयाँलले पनि अवार्ड जिते ।
कलाकार मोहन निरौला, निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ र नायिका शोभिता सिम्खडा अवार्डको निर्णायक थिए ।
नायिकातर्फ केकी अधिकारीले ‘छ माया छपक्कै’बाट अवार्ड जित्दै गर्दा जुरी अवार्डतर्फ यही चलचित्रबाट निर्देशक दीपेन्द्र लामाले अवार्ड जिते । पपुलर फिल्मको अवार्ड पनि ‘छ माया छपक्कै’को पोल्टामा गयो ।
कार्यक्रममा ‘लाइफटाइम लिजेन्ड्री अवार्ड’ नेपाली फिल्मकी पहिलो नायिका भुवन चन्दलाई प्रदान गरियो । नगद २५ हजार, सम्मान पत्र र दोसल्लासहित उनलाई अवार्ड प्रदान गरिएको थियो ।
छायाँछवि चलचित्रकर्मी रजत सम्मान अभिनेता विजय लामा र झरना थापालाई प्रदान गरियो । यस्तै, छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार रंग पत्रकार विष्णु सुवेदीलाई नगद १२ हजार २ सय २२ रुपैयाँसहित प्रदान गरियो ।
विभिन्न २७ विधामा प्रदान गरिएको अवार्डका विजेताहरूको नाम यसप्रकार छ ः
१. उत्कृष्ट पाश्व संगीत ः एलिस कार्की ः साङ्लो
२. उत्कृष्ट ध्वनीमिश्रण ः अमित श्रेष्ठ ः जात्रै जात्रा
३. उत्कृष्ट गीतकार ः राजेन्द्र थापा – जुनको जुनेली ः छ माया छपक्कै
४. उत्कृष्ट पाश्र्व गायिका ः इतु जोजीजु – बिर्सन सकिन ः मखमलीमखमली
५. उत्कृष्ट पाश्र्व गायक ः कृष्ण काफ्ले – हाने मैले झटारो ः मारुनी
६. उत्कृष्ट चलचित्रलोक संगीत संगीतकार ः बसन्त थापा – जुनको जुनेली ः छ माया छपक्कै
७. उत्कृष्ट संगीतकार ः अर्जुन पोखरेल – सुन्यौ की सुनेनौ ःलभ डायरीज
८. उत्कृष्ट नृत्य निर्देशक ः कविराज गहतराज – एम जी रोडैमा ः हजार जुनीसम्म
९. उत्कृष्ट द्वन्द्व निर्देशक ः श्री श्रेष्ठ ः साङलो
१०. उत्कृष्ट हाँस्यकलाकार ः केदार प्रसाद घिमिरे ः छ माया छपक्कै
११. उत्कृष्ट खलपात्र ः प्रकाश शाह ः साङ्लो
१२. उत्कृष्ट कथा ः गोविन्द फूयांल ः मारुनी
१३. उत्कृष्ट पटकथा ः आशुतोष राज श्रेष्ठ ः जाईरा
१४. उत्कृष्ट सम्वाद ः रामबाबु गुुरुङ÷उपेन्द्र सुब्बा ः कबड्डी कबड्डी कबड्डी
१५. उत्कृष्ट नव–नायिका ः रुवीना थापा ः लभ डायरीज
१६. उत्कृष्ट नव–नायक ः अंकीत शर्माः रातो टीका निधारमा
१७. उत्कृष्ट नव–निर्देशक ः विराज भट्ट ः साङ्लो
१८. उत्कृष्ट चरित्र अभिनेत्री ः मिथिला शर्मा ः आमा
१९. उत्कृष्ट चरित्र अभिनेता ः माओत्से गुरुङ ः कबड्डी कबड्डी कबड्डी
२०. उत्कृष्ट सह–अभिनेत्री ः स्वस्तीमा खड्का ः हजार जुनीसम्म
२१. उत्कृष्ट सह–अभिनेता ः जीतु नेपाल ः छ माया छपक्कै
२२. उत्कृष्ट छायाँकार ः सञ्जय लामा ः मारुनी
२३. उत्कृष्ट सम्पादक ः बिपिन मल्ल ः छ माया छपक्कै
२४. उत्कृष्ट अभिनेत्री ः केकी अधिकारी ः छ माया छपक्कै
२५. उत्कृष्ट अभिनेता ः पुष्प खड्का ः मारुनी
२६. उत्कृष्ट निर्देशक ः नवल नेपाल ः मारुनी
२७. उत्कृष्ट फिल्म ः मारुनी ः पुनम इन्टरटेनमेन्ट प्रा.लि.
प्रोत्साहन अवार्ड ः क्षितिज सुवेदी ः वीर विक्रम २
साउण्ड एडिटर ः किशोर आचार्य ः सानो मन
भिएफएक्स आर्टिस्ट ः समिर मियाँ ः साङ्लो
वर्षको पपुलर गायिका ः मिलन नेवार ः चरीले काफल ः साङ्लो
निर्देशक ः दीपेन्द्र लामा ः छ माया छपक्कै
पपुलर फिल्म ः छ माया छपक्कै ः रोहित अधिकारी फिल्म्स् एण्ड आमा सरस्वती मूभिज् प्रा.लि.
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया