‘प्रेमगन्ज’को टिजर कपिराइट फ्रि, सेयर गर्नेलाई २५ हजार पुरस्कार
काठमाडौँ - चलचित्र ‘प्रेमगन्ज’ले ज्यादाभन्दा ज्यादा दर्शकमाथि पुग्ने भन्दै टिजरलाई कपीराइट फ्रि गर्ने निर्णय गरेको छ । भोलि सार्वजनिक हुने टिजरलाई जोकोहीले पनि आफ्नो माध्यममा राख्न सक्नेछन् । निर्देशक परिच्छेद सेनले फिल्मको टिजर युट्युब, फेसबुक, टिकटक इन्स्टामा निर्धक्क राख्न सकिने जानकारी गराएका छन् ।
निर्देशक सेनले यसरी राखिएको टिजरमा सर्वाधिक दर्शक ल्याउने तीनै प्लेटफर्मका विजेतालाई पुरस्कारको पनि घोषणा गरिएको जानकारी गराएका छन् । तीन प्लेटफर्ममा तीन विजेताले क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
‘चलचित्रले भ्युज ,कमेन्ट र सेयरको आधारमा उत्कृष्ट हुने तीन युट्युब च्यानल , फेसबुक र टिकटकरलाई चलचित्रको प्रिमियर सोमा रेडकार्पेटसहित आकर्षक पुरुस्कार प्रदान गरिनेछ’ सेनले जनाए । निर्माता अनन्तमान श्रेष्ठका अनुसार यो अफर वैशाख तीन गतेदेखि सुरु भएर साउन २५ गते सम्म चल्नेछ । फिल्मको टिजर यही तीन गते तीन बजे सार्वजनिक हुँदै छ ।
श्रेष्ठका अनुसार टिजर सामाजिक सञ्जालमा सेयर गर्दा ह्यासट्याग प्रेमगन्ज भदौ ३, प्रेमगन्ज हेर्ने दिन भनेर फिल्मको अफिसियल पेजमा मेन्सन गर्दै सेयर गर्नुपर्नेछ । भिडियो बुढासुब्बा युट्युब च्यानलबाट डाउनलोड गरेर अपलोड गर्न सकिने पनि निर्माण टिमले जनाएको छ ।
परिच्छेद सेनकै लेखन रहेको यो फिल्मबाट बैंकर पृष्ठभूमिका तेज गिरीले डेब्यू गर्दैछन् । फिल्ममा बेनिशा हमाल, नरेश पौडेल, पवन भट्टराई, सिमरन खड्का, राइडर प्रशान्त आदि कलाकारको अभिनय रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया