महामारीले रोकिएको ‘२ नम्बरी’को छायांकन सुरु
काठमाडौँ - फिल्म ‘२ नम्बरी’को छायांकन अन्ततः सुरु भएको छ । लामो समयदेखि छायांकनमा जाने तयारीमा रहेको फिल्म कलाकार फेरबदल गर्दै अन्ततः फ्लोरमा गएको हो ।
यो फिल्मको छायांकन कास्कीको ल्वाङ गाउँमा सुरु भएको छ । फिल्मको छायांकन ल्वाङ गाउँ, पोखरा आसपासका क्षेत्रमा हुने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए । यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेनको मुख्य भूमिका छ ।
फिल्मको सुरुवाती छायांकनमा दया र उगेनले काम गरेका छन् । सौगात र उपासनाले केही दिनमा सेट ज्वाइन गर्नेछन् । अभिनेता सौगात मल्लले १० गतेदेखि सेट ज्वाइन गर्ने जानकारी गराए ।
यो फिल्मले गलत पेसामा रहेका २ जना साथीको मित्रताको कथालाई देखाउन खोजेको छ । आगामी कात्तिक ४ गतेबाट यो फिल्मको प्रदर्शन मिति समेत तय गरिएको छ । एक महिनासम्म ल्वाङकै आसपासमा फिल्म खिचिने किरणले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया