सिनेमा

‘फिल्म साउथ एसिया’मा आठ देशका ७१ फिल्म

इकागज |
बैशाख ९, २०७९ शुक्रबार १४:१८ बजे

काठमाडाैँ-  दक्षिण एसियाली डकुमेन्ट्री महोत्सव ‘फिल्म साउथ एसिया–२०२२’ बिहीबारदेखि पाटनढोकास्थित यलमाया केन्द्रमा सुरु भएको छ । आइतबारसम्म चल्ने महोत्सवमा आठ देशका ७१ फिल्म प्रदर्शन हुने छन् ।

य​सपटक महोत्सवको थिम ‘सेलेब्रेटिङ द डकुमेन्ट्री’ राखिएको छ । भारतीय गायिका, संगीतकार र गीतकार सोना मोहपात्राबारे बनेको ८५ मिनेट लामो वृत्तचित्र ‘सट अप सोना’को प्रदर्शनसँगै महोत्सव सुरु हो । बिहीबार उद्घाटनमा गायिका सोना स्वयम् उपस्थित भएकी थिइन् । उपस्थित दर्शकसँग अन्तक्रिया गर्दै उनले केही गीत समेत सुनाएकी थिइन् ।


‘सट अप सोना’ भारतीय समाजमा समान सहभागिता र अधिकार खोज्न संघर्ष गर्ने महिला कलाकारको कथा हो । फिल्मलाई दीप्ति गुप्ताले निर्देशन गरेकी हुन् । महोत्सवमा दक्षिण एसियाली मुलुकका सामाजिक, सांस्कृतिक आन्दोलनसहित मानवअधिकार, वातावरण र मानवीय मूल्यका आयामबारे प्यानल छलफल समेत आयोजना गरिनेछ । साथै, यसअघि विभिन्न फिल्म महोत्सवमा अवार्ड जितेका नेपाली वृत्तचित्र पनि प्रदर्शन गरिने भएको छ ।


Author

थप समाचार
x