सिनेमा

कार्म भन्छन् - स्टार हैन कलाकार बन्न आएको हुँ

इकागज |
बैशाख ९, २०७९ शुक्रबार १४:१८ बजे

काठमाडौँ-   अभिनेता कार्मले आफू सिनेमामा स्टार बन्न नभई कलाकार बन्न आएको बताएका छन् । रिलिजको संघारमा रहेको ‘षट्कोण’को प्रचारका क्रममा उनले यही कारण मसला र नियमित बन्ने सिनेमाभन्दा फरक खालका फिल्ममा काम गर्न मनपर्ने बताए । यस्तै अभिनेता कार्मले आफ्नो नामको अर्थ स्टार अर्थात् तारा भएपनि म तारा बन्नको लागि सिनेमा क्षेत्रमा नआएको बताएका थिए । 

ुस्टार भनेको चम्किरहने हो । मैले नाम त रोजेँ त्यो बेग्लै कुरा हो । मलाई कलाकारिता गर्नु छ विशुद्ध भुईंमा बसेर । स्टार बन्ने मेरो इच्छा छैन,'उनले भने । 


आगामी वैशाख २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘षट्कोण’को बिहीबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको थियो । सिनेमाको पहिलो पत्रकार भेटघाट कार्यक्रममा सिनेमाका मुख्य कलाकार कार्म, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, निर्देशक मिलन डि काप्रि र निर्माता तथा अभिनेता विराज कडरिया उपस्थित भएका थिए ।

कार्यक्रममा बोल्दै निर्देशक मिलनले षट्कोण युवाहरुको टिमले बनाएको साइकोलोजिकल थ्रिलर सिनेमा रहेको बताए । हामी नेपालमा बन्ने अन्य सिनेमाभन्दा केही फरक बनाउने कोशिस गरेका छौं । मेरो सिनेमामा हिरो हिरोइनको फाइट र नाचगान छैन्, तर कथा सुहाउँदो गीत चाँही राखेको छु । त्यसैले हामीले नेपालमा केही फरक सिनेमा निर्माण गर्ने प्रयास गरेकाले सवैको साथको खाँचो रहेको उल्लेख गरे ।
क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा आगामी बैशाख २३ गतेबाट नेपाल भरका सिनेमा घरमा रिलिज हुनेछ । कोरोना महामारी अगाडी नै निर्माण भएको सिनेमाको सम्पुर्ण काम सकेर प्रदर्शनको पालो कुरेर बसेकाले अहिले समय उत्तम लागेकाले रिलिजको लागि तयार भएको निर्माण टिमको भनाइ छ ।

सिनेमामा कार्म र भोलाराज सापकोटाका अलवा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बू वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ । शिशिर लिम्बू वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन् । सिनेमामा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रीले सम्पादन छ ।


 


Author

थप समाचार
x