सिनेमा

दोस्रो ‘छड्के’लाई चाहियो कलाकार

इकागज |
बैशाख १२, २०७९ सोमबार १२:२४ बजे

काठमाडौँ  - अघिल्लो दसैँमा नै प्रदर्शन मिति घोषणा गरेको ‘छड्के’ सिक्वेलले बल्ल सुटिङको सुरसार थालेको छ । मार्सल आटर््सको सीप भएका कलाकार चाहिएको भन्दै सामाजिक सञ्जालमा फ्लायर सार्वजनिक गरेको निर्माण टिमले सबै उमेरका समूहका कलाकारको खोजी गरेको जनाएको छ । 

धेरै वर्षपहिले सार्वजनिक भएको ‘छड्के’ लामो समयसम्म पहिलो दिन सबैभन्दा ज्यादा ग्रस गर्ने फिल्मको रुपमा अंकित थियो । रिलिजअघि प्रशस्त हाइप पाएको फिल्मले रिलिजपछि भने तालीभन्दा ज्यादा गाली पाएको थियो । त्यसपछि ‘लालपूर्जा’ बनाएका निगम श्रेष्ठले ‘छड्के’को च्याप्टर टु बनाउन लागेका हुन् ।


फिल्ममा केही स्थापित कलाकार पनि अटाउने निगमको प्रयास रहेको सूत्रले बताएको छ । यसका लागि राजेश हमालदेखि सुनिल थापासम्म पनि कुरा भइरहेको स्रोतको दाबी छ । तर कसैलाई पनि औपचारिक रुपमा भने अनुबन्ध गरिसकेको छैन । 

निर्माण टिमले अडिसन चितवनको निर्वाणा फिल्म स्कुलमा हुने जनाएको छ । यो स्कुल पनि निगमले चलाउँदै आएका छन् । ग्याङस्टर विधाको फिल्मका लागि धेरै कलाकार चाहिने भएकाले सम्भवतः निर्माण टिमले अडिसनबाटै ती कलाकार छान्न लागेको हो । 


Author

थप समाचार
x