महेश त्रिपाठीलाई अमेरिकामा उत्कृष्ट अभिनेताको उपाधि
काठमाडौँ - चलचित्र नभेम्बर रेन बाट नेपाली रजतपटमा भित्रिएका अभिनेता महेश त्रिपाठी, अमेरिकामा आयोजित ‘वर्ल्ड फेस्ट ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभल’मा चलचित्र ‘हल्कारा’बाट उत्कृष्ट अभिनेताको उपाधि हात पारेका छन्।
फेस्टिभलमा महेश त्रिपाठी सँगै बेलायति अभिनेता बेन गरविन र बेलायती अभिनेता ओलिभर ली उत्कृष्ट अभिनेताका लागी मनोनित भएका थिए। फेस्टिभलमा उत्कृष्ट अभिनेताको उपाधिसँगै सोहि फिल्मबाट चिन्तन राजभण्डारीले उत्कृष्ट सिनेम्याटोग्राफिको उपाधि हात पारेका छन्।
बिक्रम सापकोटा निर्देशित यस फिल्ममा अभिनेता महेश त्रिपाठिसँगै बिनिता थापा मगरको पनि अभिनय रहेको छ।कालीपार स्टुडियोज र आइसफल प्रोडक्सनले निर्माण गरेको यस चलचित्रका निर्माता रामकृष्ण पोखरेल रहेका छन्।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया