सिनेमा

आँचलको ‘वर एन्ड वधु’मा साम्राज्ञीको केमियो

इकागज |
बैशाख १६, २०७९ शुक्रबार १०:३७ बजे

काठमाडौँ - आँचल शर्माको मुख्य भूमिका रहने ‘वर एन्ड वधु’मा साम्राज्ञीराज्य लक्ष्मी शाहले केमियो गर्ने भएकी छिन् । निर्माण टिमले उनलाई अतिथि भूमिकाका लागि अनुबन्ध गरेको हो । कमेडी र रोमान्सको मिश्रणमा तयार हुन लागेको यो चलचित्रलाई स्थानीय निकायको निर्वाचनपछि मात्र छायांकनमा लैजाने तयारी गरिएको निर्देशक मिलन चाम्सले जानकारी दिए । 

मिलन चाम्सको निर्देशन रहने फिल्मका लागि निर्माण टिमले विवेक कर्माचार्यलाई डेब्यु गराउँदैछ । माला आर्ट एकेडेमीका विद्यार्थी उनले यही फिल्मबाट फिचर फिल्मको यात्रा थाल्न लागेका हुन् ।


साम्राज्ञीले यसअघि पुष्प खड्का र शिल्पा पोखरेल अभीनित ‘मंगलम्’मा केमियो गरेकी थिइन् । प्रचार प्रसारका क्रममा निर्माण टिमले आफूलाई मुख्य कलाकारझैँ गरी प्रचार गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी थिइन् । 

साम्राज्ञीले यसअघि मिलन चाम्सकै अनटाइटल फिल्म साइन गरेको चर्चा थियो । तर त्यो फिल्म नबनाउँदै मिलन चाम्सले थप तीन चार वटा फिल्मको घोषणा गरेका छन् । साम्राज्ञीले ‘तिम्रो मेरो साथ’ र ‘ह्यारी कि प्यारी’ गरी दुई फिल्मको सुटिङ सकाएकी छिन् । त्यसैगरि लन्डनमा सुटिङ हुने ‘लन्डन टु पेरिस’मा साम्राज्ञी अनुबन्ध भएकी छिन् । 


Author

थप समाचार
x