सिनेमा

युक्रेनको लिभ सहरमा एन्जेलिना जोली

इकागज |
बैशाख १८, २०७९ आइतबार १२:४४ बजे

काठमाण्डौँ- एन्जेलिना जोली गत शनिबार युक्रेनस्थित लिभ सहरमा भटिएकी थिइन, जहाँ उनले युक्रेन र रुसबीचको युद्धमा घरबार विहीन भएका नागरिकहरुसँग भेटघाट गरेकी थिइन । उनी UNHCR कि दूत पनि रहेकी छिन् । तर उनी UNHCR  को विशेष दूतकै हैसियतमा त्यहाँ पुगेकी हुन् कि हैनन् भन्ने कुरा खुलाइएको भने छैन् ।

 लिभका रिजनल गभर्नर ‘म्याक्सिम कोजित्स्की’ले टेलिग्राममा जोलीको स्वैच्छिक कार्यकर्ताहरुसँगको  फोटो र बालबालिकाहरुसँग खेलिरहेको भिडियो पोष्ट गर्दै, उनीहरु सबैका लागी जोलीको उपस्थिति आश्चर्यजनक रहेको बताएका छन् । जोलीले एक अस्पतालमा क्रेमाटर्क्स स्टेसनमा भएको बमबारीका क्रममा घाइते भएका बालबालिकाहरुसँग पनि भेट गरेकी छिन् । गभर्नरका अनुसार उक्त बमबारीमा ५० भन्दा बढि नागरिकहरुको बाँच्नका लागी गरिएको भागदौडका क्रममा मृत्य भएको थियो ।


जोलीले त्यहाँबाट बिस्थापित भएका र भाग्दै गरेका केहि स्वैच्छिक कार्यकर्ताहरुसँग कुरा गर्दै मानसिक सहयोग र हौसला समेत दिएकी थिइन् । लिभ निवासी माया पिधोरेतस्काले सामाजिका संजालमा भिडियो सेयर गर्दै लेखिकी छिन्, म अहिले कफी पिउँदै गर्दा स्टार एन्जेलिना जोलीलाई लिभकै क्याफेमा देखिरहेको छु ।


Author

थप समाचार
x