पहिलो पान इन्डियन सुपरस्टार बन्ने बाटोमा रकुल
मुम्बई - ‘यारियाँ’ जस्तो फिल्मबाट सामान्य सुरुवात गरेकी रकुलप्रित सिंहले बलिउडभन्दा पहिले तमिल फिल्मबाट अभिनय यात्रा सुरु गरेकी थिइन् । ‘यारियाँ’ सफल भए पनि यसपछिका दिनमा रकुल दक्षिण भारतीय फिल्ममा व्यस्त रहिन् ।
छोटो समयमा रकुलले दक्षिण भारतका सबै सुपरस्टारसँग काम गरिन् । तर रकुलको उडान यतिमै सीमित रहेन । दक्षिण भारतीय फिल्मसँगै उनले बलिउडका फिल्म पनि छाडिनन् । यही क्रममा उनले ‘अय्यारी’ ‘दे दे प्यार दे ’, ‘सरदारका ग्रान्डसन’, ‘अट्याक’ आदि फिल्ममा काम गरिन् ।
अहिले भने उनको महत्वपूर्ण भूमिका रहेको ‘रनवे ३४’ प्रदर्शन भइरहेको छ । यो फिल्मले भने रकुललाई ग्ल्यामर गर्लको रुपमा मात्र नभएर चरित्रमा डुब्न सक्ने अभिनेत्रीको रुपमा चर्चा दिलाइरहेको छ । यो फिल्ममा अमिताभ बच्चन र अजय देवगन जस्ता दिग्गज अभिनेताको बीचमा पनि रकुलले प्रभाव छाडेको भन्दै समीक्षकले तारिफ गरिरहेका छन् ।
विगतका दिन श्रीदेवी मात्र यस्तो अभिनेत्री थिइन् जो दक्षिण भारत र बलिउड दुवैतिर रुचाइएकी थिइन् । अहिले श्रीदेवी पछि रकुललाई नै यो लिगेसी धान्न सक्ने नायिकाको रुपमा लिन थालिएको छ । रकुलका दुवैतिरका भाषामा ७ फिल्म रिलिजको पर्खाइमा छन् जसमा बलिउडका ‘डाक्टर जी’, ‘मिसन सिन्ड्रेला’, ‘थ्यांक गड’ ‘छत्रिवाली’ आदि पर्दछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया