सिनेमा

दक्षिण भारतीय फिल्ममा के छ जुन बलिउडमा छैन ?

इकागज |
बैशाख १९, २०७९ सोमबार १३:३६ बजे

काठमाण्डौँ- भर्खरै प्रदर्शनमा आएको चलचित्र 'केजीएफ च्याप्टर-२' ले प्रदर्शनमा आएको २ दिनमै रु. १०० करोड बराबरको व्यापार गर्यो । रु. १०० करोडको आँकडा पार गर्न औसत भारतीय चलचित्रहरुलाई हप्ता दिन लाग्ने गर्छ। भारतका क्षेत्रीय चलचित्रहरुले बलिउडमा चलिआएको ‘वास्तविक कमाइ भन्दा बढाइ-चढाइ गरेर मिडियामा झुठो समाचार फैलाइरहनु पर्दैन।

२ दिनमै १०० करोड भन्दा बढीको ब्यापार गरेको 'केजीएफ च्याप्टर-२' ले सन् २०१८ मा अमिताभ बच्चन र आमिर खान अभिनित चलचित्र ‘थग्स अफ हिन्दुस्तान’ले कायम राखेको रिलिजको पहिलो दिनको कमाइ रु. ५१.६ करोडलाइ उछिनेर ५३ करोडको ब्यापार गर्दै पहिलो दिनमै सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो।


स्टार कम्बिनेसनले गर्दा पहिलो दिनमै सर्वाधिक कमाइ गरेको रेकर्ड राखेको चलचित्र, ‘थग्स अफ हिन्दुस्तान’ले चलचित्र कमजोर भएकै कारण दोस्रो दिनबाट अपेक्षित ब्यापार गर्न सकेन।

हिन्दी फिल्म इन्डस्ट्री के कुरामा चुकिरहेको छ त ? हिन्दी फिल्महरु ति सबै कुरामा चुकेका छन्, जुन कुराहरुमा साउथ फिल्म  पोख्त देखिन्छ । बलिउडमा ‘स्टार-टर्न्ड-फिल्ममेकर्स’हरुका चलचित्रहरुमा धेरथोर  दर्शक आएका हुन्छन् । उदाहारणका लागि, सलमान खानको कमब्याक चलचित्र ‘वान्टेड (२००९)’  साउथ चलचित्र ‘पोकिरी (२००६) को रिमेक भर्सन थियो। त्यसपछि उनी अभीनित चलचित्रहरु ‘बडिगार्ड (२०११), रेडि(२०११) र किक (२०१४) र अन्य चलचित्रहरु साउथ फिल्महरुकै हुबहु रिमेक भर्सन हुन्, र ति सफल पनि भए ।

यी चलचित्रहरुले सलमानको स्टारडमलाई थप उचाइमा पुर्याइदिए, जसको बलमा दबङ्ग (२०११), बजरङ्गी भाइजान (२०१५), सुल्तान (२०१६), र टाइगर जिन्दा हे (२०१७)ले ब्यवसायिक सफलता हासिल गरे।

भारतका चलचित्रकर्मीहरु सलमान खानको टाउकोमात्र राख्दा पनि फिल्म चल्छ भन्ने विश्वास गर्ने गर्थे । तर सन् २०१७ मा सलमान अभीनित 'ट्युबलाइट'ले यो मान्यता कायम राख्न सकेन । त्यसमा उनले मानसिक रुपमा अपाङ्ग रहेका युवकको भूमिका निर्वाह गरे, जो सन् १९६२ मा भारत र चीन बीचको युद्धमा हराएको आफ्नो भाइलाई खोज्न हिँड्छन् ।

यो फिल्म पनि सन् २०१५ मा रिलिज भएको हलिउड चलचित्र ‘लिटल ब्वाइ’सँग मिल्दो-जुल्दो देखिन्थ्यो । तर के सलमान खान, चलचित्र 'ट्युबलाइट'मा एक वयस्क उमेर समूहका मानसिक अपाङ्गता भएको ‘लिटल ब्वाइ’को नाबालक पात्रको चरित्र निभाइरहेका थिए? यस चलचित्रमा पनि सलमानको अभिनयको आलोचना त भयो, त्यसका साथै चलचित्रमा सहायक कलाकारहरुको उपस्थिति कमजोर देखियो।

उनै सलमान अभीनित अर्को चलचित्र राधे (२०२१), जुन साउथ कोरियन चलचित्र 'ट आउटलज'को रिमेक भर्सन थियो, उक्त चलचित्रले पनि दर्शकहरु हलसम्म तान्यो, यध्यपि चलचित्रमा न पात्रहरुलाइ दर्शकले चिन्न पाए, न कथावस्तु नै बलियो थियो।

एकजना गुण्डा भर्खरै मुम्बई आएर अन्डरवर्ल्ड आफ्नो हातमा लिएका छन् । के संसारको कुनै पनि ठाउँमा अन्डरवर्ल्ड आफ्नो हातमा लिन त्यति सजिलो छ ?उक्त चलचित्र सलमानको नयाँ चलचित्र कम र उनका अघिल्ला चलचित्रहरुको ‘डिलिटेड एक्सन फुटेज’हरुको मिश्रण जस्तो ज्यादा देखिन्थ्यो ।

साहरुख खानले पनि त्यही समस्या भोग्दै आएको देखिन्छ, जस्तो रोमान्टिक चलचित्रबाट उदाएका अन्य कलाकारहरुले पनि भोग्दै आएका छन् । उनले, 'जब ह्यारी मेट सेजल' , 'जिरो', हुँदै 'डियर जिन्दगी'सम्म आइपुग्दा रोमान्टिक अवतारमै देखिए। उनले फरक विषयका चलचित्रहरु पनि नगरेका भने हैनन् ।रा.वन(२०११) देखि फ्यान(२०१६) हुँदै रइस(२०१७)सम्म फरक विषयवस्तुका चलचित्रहरु गरे । तर उनी रोमान्टिक अवतारबाट कुशल कलाकारका रुपमा गरेका फरक विषयवस्तुका चलचित्र दर्शकले पत्याएनन् ।

अक्षय कुमार हाल बनिरहेका चलचित्रहरुभन्दा फरक चलचित्रहरुमा काम गरिरहेकाले उनको फ्यान फलोविङ पनि उत्तिकै छ। उनी राष्ट्रवादी विषयवस्तु बोकेका फिल्महरु जस्तै, बेबी (२०१५), केशरी (२०१९), मिसन मंगल (२०१९), र गोल्ड (२०२२) हुँदै सरकारीस्तरका एजेन्डा बोकेका प्याडम्यान (२०१८) र ट्वाइलेट: एक प्रेमकथा (२०१७) जस्ता चलचित्रहरुमा काम गरे ।

उनी सामाजिक कार्यहरुमा पनि उत्तिकै अगाडि देखिन्छन् । प्राकृतिक विपत्तिका बेला पीडितहरुका लागि ठूला-ठूला रकमहरु सहयोग गर्ने गर्छन् तर वर्षमा उनका ४ वटा चलचित्र रिलिज हुने गर्छन् । त्यो हुलमुलमा 'लक्ष्मी', 'बेल बटम', सूर्यवंशी', र 'बच्चन पाण्डे'जस्ता बेकामे चलचित्रहरु पनि आउने गरेका छन्।

आमिर खान यस दौडमा सबभन्दा अगाडि देखिन्छन् । उनी आफ्नो काँधमा धेरैवटा चलचित्रको भारी बोकिरहँदैनन् । बरु उनी उत्कृष्ट पटकथा छान्नमा समय लगाउँछन् र सामाजिक रुपमा आफ्नो उपलब्धता एकदम कम जनाउने गर्छन्, जसले गर्दा उनको स्टारडम कायमै रहेको ।

पछिल्लो समय, गुणस्तरिय चलचित्र प्रदर्शनमा नआएका कारण बलिउडको ब्यापार निकै फितलो देखिएको छ । आफ्ना सँस्कृति, परम्परा, र मूल्य मान्यताका कुरा चलचित्रमा समावेश गर्न छोडेर पश्चिमी शैलीका चलचित्रहरुबाट प्रभावित रही निर्माण गरिएका चलचित्रहरुका कारण पनि बलिउडको ब्यापार खस्किएको अनुमान गरिन्छ ।

अर्को तिर, दक्षिण भारतमा बनिरहेका चलचित्रहरु भारतिय सँस्कृति, मूल्य मान्यता, आफ्नो समाज, र विश्वासका कुराहरुलाई चलचित्रको  मुख्य विषयवस्तु बनाएर निर्माण भैरहेका छन्, र तिनले दर्शकको राम्रो साथ पनि पाइरहेका छन् । उनीहरुका चलचित्रमा हिरो र हिरोइन हुँदैनन्, पात्र हुन्छन् । र उनीहरु फिल्मका पात्रलाई गीतमा नचाउँछन्, न कि हिरो र हिरोइनलाई ।

उता बलिउडमा, दर्शकले खोजेको हिरोले गीत गाउँथ्यो, रोमान्स गर्थ्यो, नाच्थ्यो र भिलेनलाई समेत टक्कर दिन्थ्यो, जुन अमिताभ बच्चन र सनी देओलका चलचित्रहरुसँगै हराउँदै गए । सन् १९८०को दशकबाट ग्रामीण भेगका चलचित्रहरु बन्न छाडे ।

पहिला, हिन्दी भाषाका चलचित्रहरुमा दक्षिण भारतका कलाकारहरु, दक्षिण भारतमा फिल्म चलाउनकै लागी भए पनि चलचित्रमा समावेश गराइन्थ्यो । अहिले यसको ठिक उल्टो भैरहेको छ।पछिल्ला उदाहारणहरु (आरआरआर र के.जी.एफ च्याप्टर-२) ताजै छन् ।

अझ उत्कृष्ट लेखक, उत्कृष्ट कलाकार, र निर्देशकहरुको आगमन नभई बलिउड उध्योग चाँडै ब्युँतिने अवस्था देखिँदैन।

( एसियन न्युज एजेन्सीमा प्रकाशित यो लेखको अनुवाद समीपराज दाहालले गरेका हुन् ।)


Author

थप समाचार
x