सिनेमा

अभिनेता भुवन केसी कांग्रेस प्रवेश

इकागज |
बैशाख २०, २०७९ मंगलबार १०:५१ बजे

काठमाडौँ - अभिनेता भुवन केसी कांग्रेस प्रवेश गरेका छन् । मंगलबार बिहानै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट टीका लगाउँदै कांग्रेस प्रवेश गरेका हुन् । भुवन केसीसँगै मंगलबार श्वेता खड्का र रवीन्द्र खड्का पनि कांग्रेस प्रवेश गरेका थिए । 

अभिनेता भुवन केसीले कांग्रेस प्रवेश गरेको पुष्टि गरेका छन् । ‘सबै पार्टीबाट आफ्नोमा आउन आग्रह थियो । तर सबै कुरा विचार गर्दा लोकतान्त्रिक चरित्रलाई आत्मसात गर्ने पुरानो पार्टी भएको नाताले कांग्रेस ठीक लाग्यो,’ उनले भने । भुवन केसीले पदको आश्वासन पाएर कांग्रेस प्रवेश नगरेको पनि स्पष्ट पारे ।
‘पदको केही कुरा भएको छैन । त्यो भोलि उहाँहरुले हेर्ने कुरा हो । स्थानीय निकायको चुनावको मुखमा थप केही कुरा हुनसक्ने कुरा भएन । पछिको कुरा पछि नै हुन्छ,’ उनले भने । 


स्थानीय चुनावको घोषणा भएसँगै भुवन केसी राप्रपा जाने हल्ला चलेको थियो । पछि उनलाई उन्नत लोकतन्त्र पार्टीले मेयरको उम्मेदवारको रुपमा उठाउन लागेको घोषणा नै गरेको थियो । पछि भुवन केसीले आफू त्यो पार्टीबाट उठ्न लागेको कुरा निराधार रहेको बताएका थिए । 

७० सालको चुनाव ताका भुवन केसी एमाले प्रवेश गरेका थिए । त्यहाँबाट संसदीय चुनावमा सिफारिस भए पनि विरोध भएपछि एमालेले नाम फिर्ता लिएको थियो । 


Author

थप समाचार
x