सिनेमा

गायक स्वप्न सुमन र अभिनेत्री ज्योत्स्नाले गरे विवाह

इकागज |
बैशाख २३, २०७९ शुक्रबार ७:५६ बजे

काठमाडौँ - गायक स्वप्न सुमन र अभिनेत्री ज्योत्स्ना योगीले विवाह गरेका छन् । दुवैले बिहीबार पारिवारिक समारोहमा वैदिक विधि अनुसार जीवनसाथी बन्ने कर्मकाण्ड पूरा गरेका हुन् । 
डेढ दुई वर्षयताको प्रेमलाई दुवैले विवाहमा रुपान्तरण गरेका हुन् ।  महामारीयताका थुप्रै इभेन्टमा स्वप्न सुमन र ज्योत्स्नालाई सँगै देखिन्थ्यो । सन् २०१२ बाट कभर गीत गाउँदै गायनमा प्रवेश गरेका स्वप्न सुमनले  'म तिम्रो’, ‘दी कफी सङ’, ‘के सारो राम्री भाको’, ‘ए हेलो’, ‘थाहै भएन’, ‘जाने कुरा नगर’जस्ता  गीत गाएका छन् । 


ज्योत्स्ना योगीले पनि कभर सुटसँगै म्युजिक भिडियो मोडलको रुपमा करिअर अगाडि बढाएकी हुन् । 'हाम्रो मिलन', 'फ्लर्टी माया', 'तिमी नै तिमी', 'समय' आदि गीतमा मोडलिङ गरेकी उनले 'म त तिम्रै हुँ' शीर्षकको फिल्मबाट डेब्यू गरेकी थिइन् । यो फिल्मलाई अनमोल केसीले निर्माण गरेका थिए । 
 



Author

थप समाचार
x