जोनी डेप र एम्बर हर्डको झगडाको नालीबेली , बयानमा जोनीमाथि एम्बरका अनेक आरोप
लसएन्जल्स - जोनी डेप र एम्बर हर्डको भेट हलिवुड चलचित्र ‘द रम डायरी(२०११)’को सेटमा भएको थियो । त्यसको केहि समय पछि, दुवैको भेट चलचित्र प्रोमोसन गर्ने क्रममा भएको थियो। सन् २०१२ मा दुवैजना प्रेममा रहेको खबर बाहिरियो र सन् २०१५ मा दुवैले विवाह गरे ।
तर विवाह भएको १५ महिना पनि नबित्दै, अभिनेत्री एम्बर हर्डले आफ्नो अनुहारमा लागेको चोटका दागहरु सहित, जनि डेपसँग सम्बन्ध बिच्छेदका लागी निबेदन दिइन् । दुवैजनाले उनीहरुको सम्बन्ध अब नरहेको दाबी गरे। जोनी डेपले सम्बन्ध बिच्छेद पछि एम्बर हर्डलाइ ७ मिलियन डलर दिएका थिए, जुन राशि एम्बर हर्डले दान गर्न चाहेको बताएकी थिइन् । तर जोनीले एम्बरले वाचा गरेअनुरुप पैसा दान नदिएको दाबी गर्दै आएकी छिन् ।
सन् २०१८मा एम्बर हर्डले, आफू घरेलु हिंसाको शिकार भएको भन्दै वाशिङ्टन पोष्ट पत्रिकामा एउटा लामो लेख लेखेकी थिइन् । त्यस लेखमा कसैको नाम नखुलाइएको भएता पनि अभिनेता जोनी डेपले उक्त लेखले उनको मान हानी भएको र प्रोफेसनल करियरमा पनि असर गरेको भन्दै आफ्नी पूर्वपत्नी एम्बर हर्ड विरुद्ध ५० मिलियन डलर बराबरको मानहानी मुद्दा दर्ता गरे । बदलामा डेपकी एम्बर हर्डले १०० मिलियन डलरको केस दर्ता गरिन् ।
अहिले यस सिभिल केसको सुनुवाइ भैरहेको छ। यस अघि सन् २०१६ मा पनि जोनी डेप विरुद्ध एम्बर हर्डले आफूलाइ डेपले मारपिट गरेको आरोप लगाएकी थिइन् । आफ्नो गवाहीमा एम्बर हर्ड भन्छिन्, जोनी डेप कोकेन र रक्सी उपभोग गर्ने गर्थे । उनी नशामा भएको बेला एम्बर हर्डलाइ पिट्ने गर्थे । र नशामा नभएको बेला उनी एम्बर हर्डलाइ मायाले बोलाउँथे र आफूले नशामा भएको बेला गरेका गल्तीहरुका लागि माफी माग्थे।
गवाहीमा एम्बर हर्ड एउटा घटनाको उल्लेख गरेकी थिइन् । हर्डका अनुसार उनीहरु दुवैजना छुट्टी मनाउन गएका थिए। एकजना महिला आएर हर्डतिर झुकिन् र उनले आफ्नो टाउको हर्डको कुममा राखेर आराम गरिन्। उनलाई लाग्यो उनी नशामा थिइन् । त्यसपछि जोनी रिसाएर होहल्ला गर्न थाले र त्यस महिलासँग झगडा गरे। र त्यहाँबाट फर्केपछि जोनी आफ्नो ड्रग्स खोज्न थाले र ड्रग्स खोज्ने क्रममा, ड्रग्स मैले लुकाएको शंका गर्दै उनले मेरो भित्री वस्त्रसमेत च्यातिदिए।
त्यसको खण्डन गर्दै बयानमा जोनी डेपले भनेका छन् 'यस्तो लाग्छ कि, एम्बर हर्डलाइ हिंसाको बानी र आवश्यकता पनि थियो । उनी मेरो विरुद्ध अपमानजनक, अनि टक्सिक र हिंसात्मक कुराहरु गर्ने गर्थिन्।कु नै कुनै बेला उनी कुरै कुरामा मलाई थप्पड हान्ने गर्थिन्।
कहिले काहिँ त उनी मेरो टाउकोमा टीभीको रिमोटको झटारो हान्थिन्, र मेरो मुखैमा वाइनको गिलासको झटारो हान्ने गर्थिन् । यदि मैले कसैसँग नराम्रो व्यवहार गरेको छु भने, त्यो मैले म आफैँसँग गरेको छु। एकचोटी जब म ओछ्यानबाट उठेँ, मेरो छेउमा एउटा अजिब देखिने कुरा थियो, जुन एम्बर हर्डले आफ्नो आची मेरो ओछ्यानमा राखिदिएकी थिइन्।
केसको सुनुवाइमा, जोनीले जब शारीरिक चोटका लागि औषधी लिन थाले, त्यसैबेला उनलाई ओपिओयडको लत लागेको थियो। तर जब उनी त्यो ड्रग्सको लत छुटाउने प्रयास गरिरहेका थिए, एम्बर हर्ड उनलाई ड्रग्सको नशा छुटाउने औषधि लिन दिन्न थिइन् ।
सन् २०१३मा जोनी डेपको अदालतमा एउटा टेक्स्ट मेसेजमा सुनुवाइ भएको थियो । उक्त टेक्स्ट मेसेजमा जोनी डेपले, 'त्यसको अनुहार जलाउनु पर्छ र जलाउनुभन्दा अगाडि त्यसलाइ डुबाउनुपर्छ लेखी एक ब्रिटिश एक्टरलाइ पठाएका थिए। त्यसबारे बोल्दै जोनी डेपले भनेका थिए, त्यो मन्टी पाइथन चलचित्रको कुरा हो, जसमा चुडेललाई जलाउने र डुबाउने कुरा भैरहेको थियो । ‘उनले दश वर्षको उमेर देखि त्यस्ता चलचित्र हेर्दै आएको र त्यो कुरा मजाकमा भएको प्रतिकृया दिए।
सुनुवाइमा न्यायाधीशहरुले जोनी डेप र एम्बर हर्डबीचको कुराकानीको अडियो रेकर्ड पनि सुनेका थिए, जसमा एम्बर हर्ड जोनी डेपलाई उनको चुरोट अन्तै कतै लगेर निभाउन र आफ्नो शरिरमा नझोस्न भनिरहेकी थिइन् भने जोनी डेप उनलाई अपमानजनक भाषाको प्रयोग गरी गाली गरिरहेका थिए।
अदालतले जोनी डेपले ड्रग्सको लत छाड्नका लागि उनलाइ मद्दत गर्ने स्वास्थ्य कर्मचारीहरुको पनि गवाही लिएको थियो। एक थेरापिस्टका अनुसार जोनी डेप र एम्बर हर्ड एकअर्कासँग सँधै नराम्रो ब्यवहार गर्ने गर्थे ।
एम्बर हर्डका पक्षमा बयान दिएको एक साइकोलोजिस्टका अनुसार, एम्बर हर्ड घरेलु हिंसाको शिकार भएकी थिइन् र उनले आफूसँग आएर त्यसबारेमा कुरा गर्ने गरेको बताए। त्यस्तै जोनी डेपका पक्षमा एक साइकोलोजिस्टले भने अनुसार, एंम्बर हर्डलाइ दुई खाल्को पर्सनालिटी डिसअर्डर रहेको बताएका छन् ।
जोनी डेप र एम्बर हर्डको यो मुद्दाको बुधबार र बिहीबार अदालतमा बयान लिने काम भएको थियो । बिहीबार अदालतमा उपस्थित हुँदै एम्बर हर्डले जोनीले आफूमाथि यौन हिंसा गरेको भन्दै रुँदै बयान दिएकी थिइन् ।
यो क्रममा उनले जोनीसँगको भेट देखि जोनीले आफूमाथि गरेका हिंसाका विभिन्न घटनाको बेलिबिस्तार लगाएकी थिइन् । अब अदालतमा मे १६ मा बयानको अर्को शृंखला सुरु हुनेछ । मुद्धाको अन्तिम फैसला भने मे २७ मा हुनेछ ।
(एजेन्सीहरुको सहयोगमा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया