सिनेमा

भारतले घोषणा गर्यो विश्वकै सबैभन्दा ठूलो फिल्म रेस्टोरेसन प्रोजेक्ट

इकागज |
बैशाख २३, २०७९ शुक्रबार १६:११ बजे

भारत- भारतको युनियन इन्फर्मेसन एन्ड ब्रोडकास्टिङ मन्त्री अनुराग ठाकुरले बिहीबार, नेसनल फिल्म हेरिटेज मिसन (NFHM)  अन्तर्गत, भारतमा संसार कै सबैभन्दा ठूलो फिल्म रेस्टोरेसन प्रोजेक्टको घोषणा गरेका छन् । उक्त प्रोजेक्टका लागि भा.रु. ३६३ करोड बराबरको बजेट निर्धारण गरिएको छ ।

NFHM काअनुसार २२०० वटा चलचित्रहरु रि-स्टोर गरिने छ। रि-स्टोर गरिने चलचित्रहरुका टाइटलको सर्टलिष्ट गर्न भाषाविज्ञ, चलचित्रकर्मी, डकुमेन्ट्री चलचित्रकर्मी, चलचित्र इतिहासविद, र निर्माताहरु सहित चर्चामा रहेका चलचित्रकर्मीहरु, अपर्णा सेन, श्रीराम राघवान, अन्जली मेनन, र भेत्रीमारन जस्ता हस्तीहरुलाई जिम्मेवारी दिइएको छ ।


चलचित्र रेस्टोरेसनसहित, NHFM ले अहिले भैरहेको फिल्म कन्डिसन एसेस्मेन्टको चलचित्र प्रबर्धन र डिजिटाइजेशन प्रकृयामा पनि मद्दत पुर्याउने छ, जसका लागि जम्मा रु. ५ सय ९७ करोड रुपैयाँ छुट्टयाइएको छ, जुन ठाकुरका अनुसार यो संसारकै सबैभन्दा ठूलो फिल्म प्रिजर्भेसन मिसन हो ।

भारतीय चलचित्रको इतिहास आज एक सतकभन्दा बढी भैसक्दा विश्व सिनेमामा आफ्नो दबदबा कायम राख्दै प्रत्येक वर्ष आफ्ना दर्शकको दायरा विश्वभरि नै फैलाइरहेको छ । यस्तो बेलामा भारतका चलचित्रहरु रि-स्टोर गरी नयाँ पुस्तालाइ देखाएर ति चलचित्रहरुको महिमा आगामी दिनमा अझ बढ्ने विश्वास गरिएको छ।

NFAI ले ‘सत्यजित रे’का प्रतिष्ठित १० चलचित्रहरु रि-स्टोर गरिसकेको छ जुन बिभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा देखाइने छ। ‘सत्यजित रे’को चलचित्र ‘प्रतिद्वन्दी’, कान्स क्लासिक सेक्सन, २०२२ मा प्रिमियरका लागि छनोट भएको छ।

 मलयाली निर्देशक जी. अराभिन्दनको चलचित्र थम्पु (१९७८) को रि-स्टोर्ड भर्सन, कान्सको रि-स्टोरेसन वर्लड प्रिमियर्समा देखाइने छ। त्यस अलावा,  मलयाली चलचित्र ‘निलाकुयिल’र ‘दो आँखे बाह्र हाथ(हिन्दी)’ पनि समावेश गरिने छ। त्यससँगै, भारतको सामाजिक रुपमा प्रतिष्ठित भएका/गरिएका लघु चलचित्र, डकुमेन्ट्री, र अन्य कुराहरु पनि रि-स्टोर गरिने छ ।

यस प्रकृयामा, चलचित्रको फ्रेम-टु-फ्रेम डिजिटाइजेसन, सेमी अटोमेटेड म्यानुअल पिक्च्रर्स, र साउण्ड रि-स्टोरेसन, अहिलेको अत्याधुनिक प्रविधि अनुसार डिजिटल्ली रि-स्टोर गरिने छ।

यस प्रकृयामा, प्रत्येक फ्रेममा लागेका दागहरु ,फोहोर, घर्षणहरु सफा गरिने छ। यस प्रकृयामा चलचित्र रि-स्टोर गर्ने प्रक्रिया जस्तै साउण्ड पनि रि-स्टोर गरिने छ। रि-स्टोरेसन पछि चलचित्रहरुलाई कलर ग्रेडिङ गरी मौलिक बनाइने जनाइएको छ ।


Author

थप समाचार
x