सिनेमा

२६ दिनमा सकियो दया–सौगातको ‘२ नम्बरी’

इकागज |
बैशाख २९, २०७९ बिहीबार १०:१६ बजे

काठमाडौँ - महामारीका कारण बीचैमा छायांकन रोकिएको दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’को सुटिङ सकिएको छ । निर्देशक दीपेन्द्र लामाले २६ दिनमा फिल्मको सुटिङ सकिएको जानकारी गराएका छन् । 

पहिलो महामारीअघि फ्लोरमा गएको फिल्मको सुटिङ हप्ता दिन भएको थियो । यसबीचमा पहिला सुटिङ गरिएका कोही कलाकार जेल त कोहीको मृत्यु भएपछि फिल्मको पुनः पुरै सुटिङ गर्नुपरेको थियो । 


गलत काम गर्ने दुई साथीको मित्रताको कथामा बनेको फिल्ममा सौगात मल्ल र दयाहाङ राई मुख्य भूमिकामा छन् । यसैगरि भुटानी अभिनेत्री उगेन छोदेन र उपासना सिंह ठकुरीले फिल्ममा दया र सौगातको जोडीको रुपमा अभिनय गरेका छन् ।  सुटिङमा जानु अगावै यो फिल्मले कात्तिक ४ लाई प्रदर्शन मिति घोषणा गरिसकेको छ । किरण नेपाली निर्माता रहेको फिल्मलाई सुशन प्रजापतिले खिचेका हुन् । 


Author

थप समाचार
x