नेपाली कांग्रेस १४औँ महाधिवेशन

जिल्ला सभापति र पूर्वसभापतिहरूसँग राय लिँदै डा. शेखर

इकागज |
मंसिर २३, २०७८ बिहीबार १०:३८ बजे

काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आज (बिहीबार) बिहान काठमाडौमा उपलब्ध जिल्ला सभापति र पूर्वसभापतिहरुसँग राय लिएका छन् ।संस्थापनइतरबाट १४ औं महाधिवेशना सभापतिको उम्मेदवार टुंगो लगाउन सकस भएको बेला शेखरले सभापति र पूर्वसभापतिहरुसँग राय लिएका हुन् । 

जिल्ला सभापतिहरुले शेखरलाई मिश्रित सुझाव दिएका छन् । स्रोतका अनुसार तल्लोस्तरसम्म शेखरको राम्रो पकड भएकाले शेखर नै सभापतिमा अगाडि बढ्नुपर्ने अधिकांशले सुझाव दिएका थिए । केहीले भने संस्थापनइतर समूहको नेता पौडेल भएकाले उनीलाई नै सभापतिमा अगाडि बढाउन सुझाव दिएका थिए । 


शेखर सभापतिका दाबेदार हुन् । संस्थापनइतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंहसमेत सभापतिका दाबेदार छन् । सहमति भएमा सभापतिमा आफू नउठ्ने महामन्त्री कोइराला र वरिष्ठ नेता पौडेलले बताइसकेका छन् । 

पटक-पटक भएको छलफलमा सिंह र कोइरालाले एकअर्कालाई नछाड्ने दाबी गरेपछि अब कसरी जाने भन्ने सल्लाह गर्न शेखरले छलफल गरेका हुन् । शेखर १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा जितेलगतै सभापतिको तयारीका लागि देश दौडाहामा निस्किएक थिए । 


Author

थप समाचार
x