नेपाली कांग्रेस १४औँ महाधिवेशन

शेखरको सचिवालयले भन्यो, 'सभापतिमा दाबी छाडेको छैन'

इकागज |
मंसिर २३, २०७८ बिहीबार ११:४७ बजे

काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो उम्मेदवारी कायमै रहेको बताएका छन् । कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिमा साथ दिने भन्ने समाचारहरू आएको बेला कोइरालालको सचिवालयले उम्मेदवारी कायमै रहेको जनाएको हो ।

 केही मिडियामा कोइराला सभापतिको उम्मेदवारीबाट 'ब्याक' भएको समाचारहरू आएका थिए । सचिवालयले भनेको छ, 'वरिष्ठ नेता पौडेलसँग भेटघाट भएको कुरा सत्य हो, तर कोइरालाले सभापतिमा पौडेललाई सघाउने भन्ने सत्य होइन ।' 


अहिले पनि देशभरका नेता कार्यकर्ताले सभापतिमा साझा उम्मेदवारकोरूपमा आउन शेखरलाई आग्रह गरिरहेको सचिवालयले जनाएको छ ।


Author

थप समाचार
x