नेपाली कांग्रेस १४औँ महाधिवेशन

उपमेयर कार्की केन्द्रीय सदस्यको उम्मेदवार

इकागज |
मंसिर २३, २०७८ बिहीबार ११:५९ बजे

विराटनगर- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा विराटनगर महानगरपालिकाकी उपमेयर इन्दीरा कार्कीले केन्द्रीय सदस्य पदका लागि दाबेदार रहेको बताएकी छन् । उनले खस आर्य कोटाबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने बताएकी हुन् ।

मेयर भीम पराजुलीले भने यसअघि नै केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरिसकेका छन् । मेयर पराजुली कृष्ण सिटौलासँग नजिक छन् । उनले संस्थापन समुहबाट केन्द्रीय सदस्य लड्दैछन् ।


उपमेयर कार्की भने संस्थापन इतर समुहबाट टिकटको अपेक्षामा छिन् । कार्कीले महाधिवेशन प्रतिनिधिको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएको दाबी गरेकी छन् । 

महिला कोटाबाट केन्द्रीय सदस्य लड्ने तयारी भएपनि इतर समुहबाट सोही कोटामा रुकमिणी कोइराला उठ्ने भएकोले आफु खस आर्यतर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्न लागेको कार्कीले जानकारी दिइन् । 

केन्द्रीय सदस्यको टिकटकै लागि उपमेयर कार्की पाँच दिन अघिदेखि काठमाडौंमा ‘लविङ’ मा जुटिरहेकी छन् ।


Author

थप समाचार
x