नेपाली कांग्रेस १४औँ महाधिवेशन

शेखर र प्रकाशलाई फकाउन छुट्टाछुट्टै छलफल

इकागज |
मंसिर २३, २०७८ बिहीबार १२:३२ बजे

काठमाडौँ - नेपाली कांग्रेसको संस्थापनइतर समूहले साझा उम्मेदवार बनाउन आकांक्षीहरुसँग छुट्टाछुट्टै छलफल गर्ने भएका छन् । इतरसमूहका सभापतिका आकांक्षी डा. शेखर कोइराला र प्रकाशमान सिंहसँग छलफल गरेर साझा उम्मेदवार तय गर्न लागेका हुन् । 

कोइरालासँग छलफल गर्न गगन थापा, धनराज गुरुङ र चन्द्र भण्डारीलाई जिम्मा दिइएको छ । यस्तै सिंहसँग महेश आचार्य, अर्जुन नरसिंह केसी र बलबहादुर केसीले छलफल गर्ने भएका छन् । 


बिहान अनुपम फुडल्याण्डमा भएको संस्थापनइतर समूहका केन्द्रीय सदस्यहरुले दुईजनासँग छुट्टाछुट्टै छलफल गरेर साझा उम्मेदवारका लागि पहल गर्ने भएका हुन् ।


Author

थप समाचार
x