नेपाली कांग्रेस १४औँ महाधिवेशन

पदाधिकारीको संख्या थप्ने कांग्रेसको तयारी

इकागज |
मंसिर २३, २०७८ बिहीबार १२:४९ बजे

काठमाडौँ - नेपाली कांग्रेसको पदाधिकारी संख्या थप्ने तयारी भइरहेको छ । शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा नेताहरुको व्यवस्थापनमा समस्या भए पनि कांग्रेसले पदाधिकारीको संख्या थप्ने तयारी गरेको हो । 

१३औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यको बिहीबार अन्तिम बैठक बस्दै छ । सोही बैठकमा पदाधिकारी संख्या थप गर्ने प्रस्ताव लैजाने तयारी भइरहेको छ । 


जस  कारण बिहीबार बिहान साढे ११ बजे बोलाइएको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन । नेताहरू बैठकमा सहभागी हुन पार्टी कार्यालय सानेपा पुग्ने क्रम सुरु भएको छ । 


Author

थप समाचार
x