नेपाली कांग्रेस १४औँ महाधिवेशन

'जिल्लाको अनुभवलाई केन्द्रमा स्थापीत गर्न केन्द्रीय सदस्य लड्दै छु'

इकागज |
मंसिर २३, २०७८ बिहीबार १४:१७ बजे

लम्जुङको राजनीतिमा स्थापीत नाम हो कृष्णप्रसाद कोइराला । नेपाली कांग्रेस लमजुङका पूर्वसभापतिसमेत रहेका उनी अहिले केन्द्रको राजनीतिमा होमिएका छन् । २०३९ सालमा पाटन संयुक्त क्याम्पस एमव् महेन्द्र रत्न क्याम्पसमा स्ववियू सभापतिको उम्मेदवार भएर सक्रिय राजनीतिमा होमिएका कोइराला कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा चुनाव लड्ने तयारीमा छन् । विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा होमिएका उनी २०४८ सालमा नेपाली कांग्रेस लम्जुङ जिल्ला कार्यसमितिका सदस्य भए । उनै कोइराला २०५२ सालमा क्षेत्रीय सभापति पनि चयन भए । त्यसो त २०५७ सालदेखि कांग्रेसको महाधिवेशन प्रतिनिधि लगातार निर्वाचित हुँदै आइरहेका छन् । उनी २०६२देखि २०६७ सम्म जिल्ला सभापति भए । २०५७ सालमा जिल्ला सचिव पनि बने ।  जिल्लाको राजनीतिमा छाएका तर केन्द्रको राजनीति बुझेका उनै कोइरालासँग समसामयीक विषयमा गरिएको संक्षिप्त कुराकानी -

जिल्लामा दुई कार्यकाल सभापति भएर पार्टी चलाउनु भयो । जिल्लामा पुग्यो अब केन्द्रमा भनेर केन्द्रतिर आँखा लगाउनु भएको हो ?


त्यस्तो  होइन जिल्लामा दुई कार्यकाल सभापति भएर आएको हुँदा नेपाली कांग्रेसको केन्द्रीय समितीमा रहेर पार्टीको तल्लो तहसँगको संमचनाहरू नयाँ शैलिमा र विधी र विधानसम्मत तरिकाबाट सन्चालन गराउनको लागिकेहि सहयोग पुर्‍याउन सकिन्छ कि भन्ने सोचाइमा छु ।

जिल्लाको अनुभवलाई केन्द्रमा प्रयोग गर्न सम्भव होला ? कांग्रेस त पहिले जस्तो लोकतान्त्रिक छैन भन्छन् नि ?

जिल्लाको अनुभवबाट केन्द्रमा रहेर सबै जिल्लाहरूमा एक रुपताका साथ अगाडि लैजान सकियो भने पार्टीलाई रुपान्तरण गर्न सहज हुन्छ भन्ने लागेको छ। नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो, पहिला जस्तो लोकतान्त्रिक छैन भन्ने होइन समय अनुसार चल्ने भएको हुँदा फरक हुन गएको छ , त्यसकारण पुरानै शैलिमा सोचाइ राख्दा भिन्न छ भन्ने भान भएको छ । नेपाली कांग्रेस पुरै लोकतान्त्रिक पार्टी हो भनेर जनमानसमा व्यापक गराउन जरुरी छ । नेपाली कांग्रेसभित्र विचार प्रवाह गर्ने बानी कम छ , जसका कारण पनि प्रतिपक्षले बोल्ने भाषा पार्टीभित्रका साथीहरूलाई लाग्ने स्वभाविक हो जस्तो मात्रै लागेको हो ।

कांग्रेसमा गुट मौलाएको छ क्यारे । तपाईं चाहिँ खास कुन गुटको पर्नु भयो ?

नेपाली कांग्रेस  भित्र विभिन्न गुट उपगुटमा विभाजित भएको साचो हो । त्यस कारण पनि मैले उम्मेद्वारी जाहेर गरेको छु । गुट उपगुटको अन्त्य हुनु पर्दछ भन्ने मेरो मुल नारा भएको हुँदा मेरो गुट भनेको नेपाली कांग्रेस हो । नेपाली कांग्रेसलाई बलियो बनाउनको लागि विचारयुक्त कांग्रेस निर्माण गर्नुपर्ने भएको हुँदा पार्टीभित्र मुल्यांकनको व्यवस्था गरी कार्यान्वयन गर्ने मेरो मूल ध्यय रहेको छ ।

तपाईंले केन्द्रीय सदस्य जितेपछि काम गर्छु भन्ने केही खाका बनाउनु भएको छ कि ?

मेरो केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गर्दै गर्दा, विधी र विधानसम्मत कांग्रेस, हिमाल, पहाड र तराइ जोड्ने कांग्रेस, समावेशीलाई पनि क्षमतावान बनाउने कांग्रेस , नयाँ पुस्तालाई राजनितीमा प्रोत्साहित गर्ने कांग्रेस निर्माणका लागिविशेस ध्यान दिनका लागिआफ्नो विचार अगाडि बढाएको छु । 

महाधिवेशन प्रतिनिधिहरूले तपाईंलाई भोट किन दिने ?

महाधिवेशन प्रतीनिधीहरूको सम्मानका लागि मेरो ५ कार्यकाल महाधिवेशन प्रतीनिधी भएको अनुभव छ । त्यसकारण महाधिवेशनका लागिमात्र होइनन्, उहाँहरू पार्टीको माथिल्लो तहका साथीहरू हुनुहुन्छ, उहाँहरूको उच्च मूल्याकनका लागि पनि मलाई मत दिनु पर्दछ भन्ने लाग्दछ । कुनै पनि जिल्लामा पार्टीको कार्यक्रमहरू हुँदा महाधिवेशन प्रतीनिधीहरूको सम्मान गर्ने पद्दति नै छैन । त्यसकारण महासमिती सदस्य एवम महाधिवेशन प्रतीनिधीहरूको सम्मान र उहाँहरूको मूल्यान्कन स्तर निर्धारण गर्ने मेरो प्राथमिकता रहनेछ ।

कांग्रेसमा त नेतृत्व परिवर्तनको कुरा आइरहेको छ । तपाईं अहिले नेतृत्व गरिरहेकाहरूले नेतृत्व गरुन् भन्ने चाहनु हुन्छ कि परिवर्तन होस् भन्ने चाहनु हुन्छ?

नेपाली कांग्रेसमा अहिले नेतृत्व परिवर्तन को कुरा आएको छ, यो सत्य हो । त्यसकारण नेतृत्व परिवर्तन हुनुपर्द्छ । यसको मतलब व्यक्ति परिवर्तन भएर मात्र नेतृत्व परिवर्तन हुन्छ भन्ने मलाई लाग्दैन । व्यक्ति यथावत हुँदा पनि अब नयाँ सोचाइअनुसार आफैँबाट परिवर्तनको सुरुवात गर्ने पद्दतिको थालनी गर्न जरुरी छ । म मात्र सर्वेसर्वा हुँ, म मात्र जान्ने छु, मेरो विचार ठिक छ भन्ने सोच त्याग्न जरुरी छ । जन नायक वि पि कोइरालाले जसरी पार्टीलाई जीवन्त बनाउनु भएको थियो, त्यो इतिहास अध्ययन गरेर नेतृत्वले अगाडि बढ्नु पर्दछ । 

 

 

 

 


Author

थप समाचार
x