नेपाली कांग्रेस १४औँ महाधिवेशन

कांग्रेसको १४औं महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन पारित

इकागज |
मंसिर २३, २०७८ बिहीबार १४:५४ बजे

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले १४औं महाधिवेशनमा पेस गरिने राजनीतिक,आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ । 

सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा पेस गरिने प्रतिवेदनलाई पारित गरेको नेता महेन्द्र यादवले जानकारी दिए । 


वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंहसहितका नेताहरुले सो बैठकलाई बहिस्कार गरेका थिए । 

काठमाडौंमा शुक्रबारबाट कांग्रेसको १४औँ महाधिवेशन सुरु हुँदै छ । 
 


Author

थप समाचार
x