नेपाली कांग्रेस १४औँ महाधिवेशन

सञ्‍जय गौतमद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

इकागज |
मंसिर २३, २०७८ बिहीबार १५:९ बजे

काठमाडौँ -  पूर्वमन्त्री तथा नेपाली कांग्रेस बर्दियाका निवर्तमान जिल्ला सभापति सञ्जयकुमार गौतमले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । गौतमले महाधिवेशनमा खुलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।

पार्टीमा सक्षम नेतृत्व,विधि र प्रक्रियाबाट पार्टी सञ्चालनका एजेन्डासहित उम्मेदवार बन्ने घोषणा गरेका छन्। ‘पार्टीको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेको छु,' उनले भने, 'मैले पार्टीमा नेतृत्व परिवर्तन र पार्टीलाई विधि र प्रक्रियाबाट सञ्चालनका एजेन्डासहित उम्मेदवारी घोषणा गरेका हुँ ।' 


कांग्रेसभित्र कोइराला र सिंह परिवारसँग नजिक भनेर चिनिएका गौतम संस्थापन इतर समूहका नेता हुन् । उनी प्रतिनिधि सभाका निर्वाचित सांसद्समेत हुन् । बर्दियामा संघीय निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार वामदेव गौतमलाई चुनाव हराएर निर्वाचित भएका थिए ।


Author

थप समाचार
x