नेपाली कांग्रेस १४औँ महाधिवेशन

प्रेस युनियनले फाइनल गर्‍यो पाँच केन्द्रीय प्रतिनिधिको नाम

इकागज |
मंसिर २३, २०७८ बिहीबार १६:४ बजे

काठमाडौँ- प्रेस युनियनले नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि पाँच जना केन्द्रीय प्रतिनिधिको नाम फाइनल गरेको छ ।

युनियनले प्रतिनिधिका रूपमा अध्यक्ष बद्री सिग्देल, उपाध्यक्ष दिपक आचार्य, पूर्वकोषाध्यक्ष ईश्वरी ओझा, कोषाध्यक्ष सरोज अधिकारी र पत्रकार महासंघकी पूर्वउपाध्यक्ष अनिता विन्दुको नाम छनोट गरेको प्रेस युनियन काठमाडौंका अध्यक्ष जगन्नाथ दुलालले जानकारी दिए ।


युनियनका महासचिव अजयबाबु शिवाकोटी भने कांग्रेस दोलखाको अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भइसकेका छन् । यस्तै, पत्रकार महासंघकी उपाध्यक्ष बाला अधिकारी पनि ओखलढुंगाबाट प्रतिनिधिमा चयन भएकी छन् । 


Author

थप समाचार
x