नेपाली कांग्रेस १४औँ महाधिवेशन

. . . यति भए म सफल भएको ठान्नेछु

इकागज |
मंसिर २३, २०७८ बिहीबार १६:५२ बजे

काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले आफ्नो जीवनकाल भर कांग्रेसको क्रियाशील सदस्य भएर रहन चाहेको बताएका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगन थापाले पार्टीमा क्रियाशील भएर यसमार्फत जनताको जीवनमा बदलाव ल्याउने कुरा महत्त्वपूर्ण भएको बताएका हुन् ।

थापाले आफू महामन्त्री किन ? भन्ने विषयमा आफ्नो अवधारणा पत्र पनि आज सार्वजनिक गरेका छन् । जनताको जीवनमा बदलाव आउनु नै आफ्नो राजनीतिक जीवन सफल हुनु रहेको उनको भनाइ छ ।  


उनले आफू पार्टीको महामन्त्री हुने या नहुने कुरा गौण रहेको पनि बताए । ‘म पार्टीको महामन्त्री हुन्छु हुन्न थाहा छैन । पार्टीको राजनीतिक यात्रा पदीय जिम्मेवारीको हिसाबले कहाँ गएर टुङ्गिन्छ त्यो पनि मलाई थाहा छैन । जहाँ गएर टुङ्गियोस् तर अबको १०–१५ वर्ष पार्टीको क्रियाशील सदस्य भएर काम गर्छु,’ उनले भने, ‘१०–१५ वर्ष काम गरेर मेरा २०–२१ वर्षका छोरीहरूलाई लिएर काठमाडौँ या नेपालका कुनै कुनामा घुम्दै गर्दा परबाट कसैले मायाले जय नेपाल भनेर भन्दियोस् । मलाई यति मात्र भए पुग्छ ।’ 

 उनले कांग्रेसको महामन्त्रीको कुर्सी कुनै बेला गणेशमान सिंह, कुनै बेला कृष्णप्रसाद भट्टराई बसेको कुर्सी भएको भन्दै त्यसको महत्व रहेको पनि बताए ।  
 


Author

थप समाचार
x