नेपाली कांग्रेस १४औँ महाधिवेशन

केपी ओलीका कारण सिंगो देशले दुख पायो : गगन थापा

इकागज |
मंसिर २३, २०७८ बिहीबार १६:५९ बजे

काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता तथा १४औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार गगनकुमार थापाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका कारण सिंगो देशले दुख पाएको बताएका छन् ।  १४ औँ महाधिवेशनका लागि महामन्त्रीमा उम्मेदवारी घोषणासँगै आफ्नो अवधारणा पत्र सार्वजनिक गर्दै उनले भने, ‘ओलीको अहंकार र अयोग्यताका कारण देशले सजाय भोग्नु परेको छ ।’ 

ओलीका कारण देशको एउटा पुस्ताले नै सजाय पाएको आरोप पनि थापाले लगाए । पाँच वर्ष सरकार चलाउने म्यान्डेट पाएर पनि ओलीको अहंमताले समस्या निम्तिएको उनको भनाइ छ । ‘कांग्रेसले  नचाहँदा नचाहँदै सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आएको छ ।  हामी चाहन्थौँ, सभापति शेरबहादुर देउवा पनि चाहनुहुन्थ्यो, अहिले कम्युनिष्टको सरकार होस् । हामी प्रतिपक्षीको भूमिका निर्वाह गरेर पाँच वर्षपछिको आवाधिक निर्वाचनमा सरकार परिवर्तन गर्ने एउटा संकल्पका साथ आउने अवस्था बनोस् भन्ने हामी सबै चाहन्छौँ ।’



Author

थप समाचार
x