नेपाली कांग्रेस १४औँ महाधिवेशन

म महामन्त्री भएँ भने रुख चिन्हमा मत हालौँ हालौँ लाग्ने बनाउँछु : गगन थापा

इकागज |
मंसिर २३, २०७८ बिहीबार १७:७ बजे

काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले आफू महामन्त्रीका लागि यो गरेँ भनेर होइन यो यो गर्छु भन्ने प्रस्ताव र एजेन्डा लिएर प्रस्तुत भएको बताएका छन् । आज आफ्नो उम्मेदवारी  र अवधारणा पत्र सार्वजनिक गर्दै उनले आफू नेतृत्वमा पुगे चार वर्षमै पार्टीको महाधिवेशन हुने पनि बताए ।  

‘महामन्त्री भएँ भने मेरो गन्ती त्यहीँ सुरु हुन्छ । ठिक चार वर्ष पछि अधिवेशन हुन्छ । केको लागि किन कांग्रेस भन्ने हुन्छ । कांग्रेससँग समस्या होइन समाधान हुन्छ,’ उनले भने, ‘रुख चिन्हमा मत हालौँ हालौँ लाग्ने कांग्रेस बन्छ । अहिलेसम्म कसैले गर्न नसकेको डेलिभरीसहितको सरकारको कार्यक्रम बन्छ । म होइन हामीको लागि स्थापीत हुन्छ । मेरो परीक्षा हो । म यो भन्दामाथि कक्षा पढ्न योग्य हुन्छु कि हुन्न यात्रा यहीँबाट सुरु हुन्छ ।’ 



मेरो सभापति को हुनुहुन्छु अहिलेसम्म थाहा छैन । मैले जस्लाई हाल्छु मेरो सभापति त्यही हुन्छु । मेरो ाराजनीतिक प्रस्ताव मान्ने, कार्यान्वयन गर्न चाहने नै मुल नेतृत्व हुन्छ। त्यो भनेको सभापति हुन्छ ।  


 


Author

थप समाचार
x