नेपाली कांग्रेस १४औँ महाधिवेशन

कांग्रेस महाधिवेशनस्थलमा आचारसंहिताविपरीत प्रचारप्रसार गर्दै उम्मेदवार, हटाउन प्रहरीकाे माइकिङ

इकागज |
मंसिर २३, २०७८ बिहीबार १७:१० बजे

काठमाडौँ - नेपाली काँग्रेसको १४औँ महाधिवेशनको निर्वाचन आचारसंहिताविपरीत उम्मेदवारहरूले प्रचारप्रसार गरेको पाइएको छ । 

२४ मंसिरदेखि कांग्रेसको महाधिवेशन सुरु हुँदै छ । महाधिवेशन सुुरु हुनुअगावै विभिन्न पदका उम्मेदवारहरूले आफ्नो फोटोसहितको उम्मेदवारी घोषणा गरेको पर्चा पम्प्लेट महाधिवेशनस्थलमा टाँस्न थालेका छन् ।


कांग्रेसको १४औँ महाधिवेशनको आचारसंहिताअनुसार माहधिवेशनस्थलको वरवपर उम्मेदवारहरूले पोष्टर, पम्प्लेट, माइकिङ जस्ता प्रचारप्रसारका सामग्री प्रयोग गर्न पाइँदैन । तर, उम्मेदवारहरूले आचारसंहिता विपरीत जथाभावी प्रचारप्रसारका सामग्री टाँस गरिरहेका छन् । 

महाधिवेशनको आचारसंहिताविपरीत उम्मेदवारहरूले प्रचारप्रसार गरेको भन्दै प्रहरी प्रशासनले नै त्यसलाई हटाउन निर्देशन दिएको  छ ।

महाधिवेशनस्थलमा खटिएका प्रहरीले आचारसंहिताविपरीत गरिएको प्रचारप्रसारको सामग्री तुरुन्त हटाउन माइकिङ गरेको छ ।

 


Author

थप समाचार
x