नेपाली कांग्रेस १४औँ महाधिवेशन

कांग्रेस महाधिवेशन:

सानेपामा प्रतिनिधि पास वितरण सुरू, तीन हजार दस्तुर

इकागज |
मंसिर २३, २०७८ बिहीबार १७:४५ बजे

काठमाडौँ - नेपाली कांग्रेसको १४औँ महाधिवेशन भोलि शुक्रबारदेखि सुरु हुँदै छ । महाधिवेशन प्रतिनिधिहरूलाई बुधबार साँझदेखि प्रतिनिधि पास वितरण भइरहेको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपमा बुधबारदेखि कार्ड वितरण भइरहेको हो । महाधिवेशनका लागि खटिएका स्वयंसेवक अशोक बिष्टका अनुसार कार्ड लिनका लागि प्रतिनिधिहरू स्वंयम उपस्थित हुनुपर्नेछ ।


 तीन हजार रुपैँया दस्तुर लिएर रसिदसहित कार्ड उपलब्ध गराइएको आयोजकले जनाएको छ ।


Author

थप समाचार
x