नेपाली कांग्रेस १४औँ महाधिवेशन

कांग्रेस महाधिवशेन:

महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ भाग लिन नपाउने

इकागज |
मंसिर २३, २०७८ बिहीबार १८:४६ बजे

फाइल फोटो

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन सत्र शुक्रबार हुँदैछ । देशभरका १६५ निर्वाचन क्षेत्रबाट चुनिएका महाधिवेशन प्रतिनिधिले भाग लिने भनिए पनि १६४ निर्वाचन क्षेत्रका प्रतिनिधिले मात्रै केन्द्रीय महाधिवेशनमा भाग लिन पाउने भएका छन् । महाधिवेशनमा भाग लिन नपाउने निर्वाचन क्षेत्रमा महोत्तरी निर्वाचन क्षेत्र ३ परेको छ । किनकी यहाँ अझै क्षेत्रीय अधिवेशन नै हुन सकेको छैन । 

‘महोत्तरी निर्वाचन क्षेत्र ३ का प्रतिनिधिले केन्द्रीय महाधिवेशनमा भाग लिन पाउने अवस्था छैन । त्यहाँ अहिलेसम्म क्षेत्रीय अधिवेशन नै भएको छैन,’ केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले भने, ‘आज रातिभरमा सहमति गरेर केन्द्रमा विवरण उपलब्ध गराइयो भने प्रतिनिधिहरु महाधिवेशनमा सहभागी हुन पाउनुहुनेछ । नत्र पाउनुहुँदैन ।’ कांग्रेस केन्द्रीय महाधिवेशनको सम्पूर्ण तयारी भइसकेको बताइएको छ । 
  



Author

थप समाचार
x