नेपाली कांग्रेस १४औँ महाधिवेशन

प्रकाशमानले अवधारणा सार्वजनिक गर्ने

इकागज |
मंसिर २४, २०७८ शुक्रबार ७:२८ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका नेता प्रकाशमान सिंहले आफ्नो अवधारणा सार्वजनिक गर्ने भएका छन् ।

शनिबार नेता सिंहले उम्मेदवारी तथा अवधारणा सार्वजनिक गर्ने भएका छन् । बिहान ८ बजे सिंहदरबार मुल गेट अगाडि ट्राफिक कार्यालयसँग रहेको स्काइ बैंकेटस्थित सम्पर्क कार्यालयमा उनले अवधारणा सार्वजनिक गर्न लागेका हुन् । 


संस्थापनइतर समूहबाट सिंह र शेखर कोइराला चुनावी मैदानी उत्रिने लगभग पक्‍का भएको छ । कोइरालाले सामाजिक सञ्जालमा ‘एक पटक यसै पटक’ भन्दै प्रचार अभियान थालेका छन् ।
 


Author

थप समाचार
x