नेपाली कांग्रेस १४औँ महाधिवेशन

कांग्रेस सहमहामन्त्री पदमा अजय चौरसियाको उम्मेद्‌वारी घोषणा

इकागज |
मंसिर २४, २०७८ शुक्रबार ९:१९ बजे

वीरगञ्ज- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तराई मधेश विभाग प्रमुख अजयकुमार चौरसियाले १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

तीन दशकभन्दा बढ़ी समयदेखि कांग्रेससँग आवद्ध भई प्रत्यक्ष रुपमा पूर्णकालीन राजनीतिमा सक्रिय चौरसियाले मधेसी कोटामा सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका हुन् ।


कांग्रेसको १२औं र १३औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित चौरसिया सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवानिकट मानिन्छन् ।

१४औं महाधिवेशनको लागि तराई मधेसमा भएको अधिवेशनमा अधिकांश महाधिवेशन प्रतिनिधि देउवा पक्षधर जितेकाले चौरसिया उत्साहित हुँदै सहमहामन्त्रीमा अघि बढेका हुन् ।


Author

थप समाचार
x