नेपाली कांग्रेस १४औँ महाधिवेशन

महामन्त्रीमा उम्मेद्‌वारी घोषणा गर्दै रिजालले भने- कांग्रेस नेतृत्वको अनुहार फेर्नुपर्छ

इकागज |
मंसिर २४, २०७८ शुक्रबार ९:२४ बजे

फाइल तस्बिर

काठमाडौँ- रक्षामन्त्री डा. मिनेन्द्र रिजालले काङ्ग्रेस महामन्त्री पदमा उम्मेद्‌वारी घोषणा गरेका छन् । शुक्रबार काठमाडौँ हात्तीसारस्थित एक होटलमा पत्रकार सम्मेलन गरेर महामन्त्री पदमा उम्मेद्‌वारी घोषणा गरेका हुन । उनी संस्थापन इतर समूहका नेता हुन् । 

एमालेले आफ्नो महाधिवेशन गरिसकेको, काङ्ग्रेसको सम्पन्न हुँदैछ, माओवादी तयारीमा रहेको र मधेश केन्द्रित दलले पनि यसतर्फ सोच्‍ने बेला आएको पनि बताए । त्यसपछि आम निर्वाचनमा जान बाटो खुल्ने उनको भनाइ छ । 


'शेरबहादुर देउवा नेतृत्वकै सरकारले चुनाव गराउनु पर्छ,' उनले भने, 'तर काङ्ग्रेसको नेतृत्वको अनुहार भने फेर्नु पर्छ ।'


Author

थप समाचार
x