नेपाली कांग्रेस १४औँ महाधिवेशन

पौडेलपक्षीय केन्द्रीय सदस्यको बैठक सुरु, सभापतिका आकांक्षी गएनन्

इकागज |
मंसिर २४, २०७८ शुक्रबार १०:६ बजे

काठमाडौँ - नेपाली कांग्रेसको संस्थापनइतर समूहको केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ । काठमाडौँको बतीसपुतलीस्थित अनुपमा फुडल्याण्डमा रामचन्द्र पौडेल पक्षीय केन्द्रीय सदस्यहरूकाे बैठक सुरु भएको हो । 

उक्त बैठकमा सभापतिका आकांक्षीहरु भने गएका छैनन् । १४औं महाधिवेशनको उद्घाटनको दिनसम्म आउँदा संस्थापनइतर समूहले साझा उम्मेदवार तय गर्न सकेको छैन् । 


पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइरालाले सभापतिमा आफ्नो दाबी पेश गर्दै प्रचारप्रसार गरिरहेका छन् । 


Author

थप समाचार
x