नेपाली कांग्रेस १४औँ महाधिवेशन

प्रतिनिधिसँगै कार्यकर्ताहरुलाई महाधिवेशन स्थलमा प्रवेश दिइयो

इकागज |
मंसिर २४, २०७८ शुक्रबार ११:३९ बजे

काठमाडौँ - नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटनमा महाधिवेशन प्रतिनिधिसँगै कार्यकर्ताहरुलाई महाधिवेशन स्थलमा प्रवेश दिइएको छ ।

केही समयअघिसम्म महाधिवेशन प्रतिनिधिलाई मात्र प्रवेश दिने बताएको कांग्रेसले कार्यकर्ताहरूलाई प्रवेश दिएको थिएन ।


तर, अहिले भने अन्य कार्यकर्तालाई समेत महाधिवेशनस्थल प्रवेश गर्न दिएको छ । कांग्रेस महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा  हुँदैछ । 


Author

थप समाचार
x