नेपाली कांग्रेस १४औँ महाधिवेशन

साझा उम्मेदवार बनाउन पौडेलनिवासमा छलफलमा नेताहरु

इकागज |
मंसिर २४, २०७८ शुक्रबार १२:५ बजे

काठमाडौैँ - संस्थापनइतर समूहबाट साझा उम्मेदवार तय गर्न भन्दै नेताहरु दौडधुप गरिरहेका छन् । बिहान बतीसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफल गरेका नेताहरु अहिले वरिष्ठ नेता रामचन्द्र पौडेलनिवास पुगेका छन् । 

पौडेलको बोहराटारस्थित निवासमा नेताहरु मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, बलबहादुर केसी र महेश आचार्य पुगेका हुन् । 


संस्थापनइतरमा सभापतिमा साझा उम्मेदवार तय गर्न सकस भइरहेको छ । इतरसमूहबाटै चार सभापतिका आकांक्षी छन् । सभापतिका दुई दाबेदार प्रकाशमान सिंह र शेखर कोइरालाले प्रचारप्रसार सुरु गरिसकेका छन् । 


Author

थप समाचार
x