नेपाली कांग्रेस १४औँ महाधिवेशन

पदाधिकारीका उम्मेदवार टुंगो लगाउन देउवा पक्षको बैठक बालुवाटारमा

इकागज |
मंसिर २४, २०७८ शुक्रबार १२:२० बजे

काठमाडौँ - नेपाली कांग्रेसको संस्थापन पक्षको बैठक बसिरहेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा संस्थापन पक्षबाट पदाधिकारीका उम्मेदवारको टुंगो लगाउन बैठक बसेको हो । 

यसअघि प्रदेशका प्रतिनिधिहरुसँग संस्थापन पक्षले आजै छलफल गरेको थियो । सो छलफलपछि अनौपचारिक बैठक बालुवाटारमा बसेको बताइएको छ ।


संस्थापन पक्षबाट पदाधिकारीमा आकांक्षी धेरै हुँदा व्यवस्थापन गर्न प्रधानमन्त्री तथा पार्टी सभापति देउवालाई चुनौती छ । 


Author

थप समाचार
x