नेपाली कांग्रेस १४औँ महाधिवेशन

महाधिवेशनमै सहभागी नहुने भन्दै पौडेलले विज्ञप्ति जारी गर्न खोजेपछि...

इकागज |
मंसिर २४, २०७८ शुक्रबार १३:२४ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विज्ञप्ति जारी गर्ने तयारी गरेपछि नेताहरूले रोकेका छन् । आफ्नो पक्षमा समर्थन नजुटेपछि महाधिवेशनमै सहभागी नहुने भन्दै विज्ञप्ति जारी गर्ने तयारी गरेपछि पौडेललाई नेताहरूले रोकेका हुन् । तत् पश्चात प्रकाशमान सिंह र शेखर कोइरालाले छाडे आफूले पनि पौडेललाई समर्थन जनाउने भन्दै विमलेन्द्र निधिले विज्ञप्ति जारी नगर्न आग्रह गरेका थिए । 

पौडेलको पक्षमा शेरबहादुर देउवा र सिंहबाहेक अरुको समर्थन देखिएको पौडेलको सचिवालयले दाबी गरेको छ । ‘सिंहबाहेक संस्थापनइतर पक्षको समर्थन रामचन्द्रजीलाई देखिएको छ । विमलेन्द्र निधिले पनि समर्थन जनाउने भएपछि आजै बेलुकासम्म उम्मेदवारी टुंगो लाग्छ’, पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले भने । 



Author

थप समाचार
x