नेपाली कांग्रेस १४औँ महाधिवेशन

कांग्रेस महाधिवेशनस्थलमा पुगे देउवा र पाैडेल

इकागज |
मंसिर २४, २०७८ शुक्रबार १३:५५ बजे

काठमाडौँ - नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन कार्यक्रम सुरु हुनै लागेको छ । दिउँसो १ बजेका लागि भनिएको उद्घाटन कार्यक्रम अझै सुरु हुन सकेको छैन् । 

उद्घाटनस्थलमा कांग्रेसका शीर्ष नेताहरु आउने क्रम जारी छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल महाधिवेशनस्थल आइपुगेका छन् । यसैगरी  महामन्त्रीद्वय पूर्ण बहादुर खड्का र शशांक कोइराला, सह-महामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य शेखर कोइरालालगायत नेताहरु महाधिवेशनस्थल पुगिसकेका छन् । 


अन्य दलका महन्थ ठाकुर, उपेन्द्र यादव महाधिवेशन स्थल पुगेका छन् । वरिष्ठ नेता पौडेलले महाधिवेशनमा उपस्थित नहुने भन्दै विज्ञप्ति जारी गर्ने बताएका थिए । तर नेताहरुले सम्झाएपछि विज्ञप्ति जारी भने उनले गरेनन् । 


Author

थप समाचार
x