नेपाली कांग्रेस १४औँ महाधिवेशन

नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशन सुरु

इकागज |
मंसिर २४, २०७८ शुक्रबार १४:२० बजे

काठमाडौँ - नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन कार्यक्रम सुरु भएको छ ।  दिउँसो १ बजेका  तय भएको उद्घाटन कार्यक्रम भर्खरै सुरु भएको हो । उद्घाटन कार्यक्रममा राष्ट्रिय तथा विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम छ । उद्घाटन सत्रको सञ्चालन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरेका छन् । शर्मा कांग्रेसको सञ्चार विभागका संयोजकसमेत हुन् ।

भुकुटीमण्डपमा केहीबेरअघिदेखि सुरु भएको महाधिवेशनको उद्घाटनसत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर पुगेका छन् ।


यस्तै राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेल पनि कार्यक्रमस्थल पुगेकी छन् । नेपाली कांग्रेसका सबैजसो नेताहरु महाधिवेशनस्थलमा छन् । 


Author

थप समाचार
x