नेता भट्टराईद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा
काठमाडौँ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शुक्रबारदेखि राजधानीमा सुरु भएको महाधिवेशनमा उनले खसआर्यतर्फ सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष उनले महाधिवेशन प्रतिनिधिसँग भेटघाट सुरु गरिसकेका छन् । तनहुँको व्यास नगरपालिका–११ निवासी उनी विसं २०७४ मंसिर २१ गते प्रदेशसभा निर्वाचनको उम्मेदवार समेत बनेका थिए ।
जनसम्पर्कका अगुवाका अलावा अन्य नेता कार्यकर्ताबाट समेत प्राप्त साथ र हौसलाले आफूलाई अघि बढ्न प्रेरणा मिलेको नेता भट्टराईको भनाइ छ । उनले निष्ठाको राजनीतिको वकालत गर्दै मजबुत कांग्रेस, सुदृढ लोकतन्त्र अनि न्यायपूर्ण आर्थिक विकास नारा लिएर मैदानमा उत्रने तयारी गरेको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया