नेपाली कांग्रेस १४औँ महाधिवेशन

मोदीले दिए कांग्रेस महाधिवेशन सफलताको शुभकामना- हर्षवर्द्धन

इकागज |
मंसिर २४, २०७८ शुक्रबार १५:१९ बजे

काठमाडौँ - भारतीय जनता पार्टीले नेपाली कांग्रेसको शुक्रबारबाट सुरु भएको १४औँ महाधिवेशनको सफताको शुभकामना दिएको छ । 

काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन सत्र कार्यक्रममा भाजपा नेता हर्षवर्द्धनले भाजपा अध्यक्षसहित नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शुभकामना दिएको जानकारी दिए । 


नेपाल(भारतबीच अद्भूत सम्बन्ध रहेको भन्दै उनले नेपाल संकटमा परेका बेला भारत सहयोग गर्दै आएको र आइरहने बताए । 

भूकम्प जाँदादेखि कोरोनाभाइरस संक्रमण महामारीका बेला पनि भारतले नेपाललाई सहयोग गरेको उनको भनाइ छ ।

कोरोनाभाइरसविरुद्धको खोप तुरुन्त पठाएर महामारी नियन्त्रणमा नेपाललाई भारतले सहयोग गरेको भन्दै उनले दैनिक नेपाल भारतबीचको सम्बन्ध झनै घनिष्ट बन्दै गएको बताए । 

हर्षवर्द्धनले कांग्रेसको यो महाधिवेशनमा धेरै पूर्वप्रधानमन्त्री उपस्थित भएको देख्न पाउँदा खुसी लागेको बताए ।


Author

थप समाचार
x