नेपाली कांग्रेस १४औँ महाधिवेशन

नेपाल भारतको सम्बन्ध समधुर बनाउन चाहन्छौँ: मुकुल वासनिक

इकागज |
मंसिर २४, २०७८ शुक्रबार १५:२६ बजे

काठमाडौँ- भारतीय राष्ट्रिय कंग्रेसका महासचिव मुकुल वासनिकले नेपाल-भारतबीचको सम्बन्ध सुमधुर र सुदृढ बनाउन आफूहरू क्रियाशील रहने बताएका छन् । 

काठमाडौँमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन सत्र कार्यक्रममा शुभकामना दिन आएका उनले नेपाल भारत बीचको सम्बन्ध सुमधुर र सुदृढ बनाउन आफ्नो पार्टी सधैं सचेत रहेको जानकारी दिए । 


उनले भारतीय राष्ट्रिय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीका तर्फबाट कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिएका छन् । 

यसअघि भाजपाका हर्षवर्द्धन पनि कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिँदै नेपाल भारतसम्बन्ध सुमधुर रहेको बताए । 


Author

थप समाचार
x